यसैबिच नेपाली कलाकारहरूले पनि यस विषयमा आफ्नो विचार राख्दै आएका छन् । यस विषयमा गायिका ज्योति मगरले पनि आफ्नो विचार राखेकी छिन् जुन सामान्य लागे पनि यसमा उनको भोगाइ जोडिएको छ ।
केही दिन अघि चलचित्र चपली हाइटको तेस्रो सिरिज 'चपली हाइट ३'मा अनुबन्धित भएको स्वस्तिमा यति बेला म्यानमारमा छिन् ।
चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ त्यसमा पनि सन्नीको आगमनले अलि बढी नै उत्साह थपिदियो ।
चलचित्र हेरेका अधिकांश दर्शकले चलचित्र राम्रो भनेका छन् । दर्शकले विशेषतः खलनायकको भूमिका निभाएका अनुपविक्रम शाहीको अभिनय मन पराएका छन् ।
एरिक गिरीको गीत 'बुढो हुन मन छैन' सार्वजनिक भएको छ । शुक्रवार युट्युबमा सार्वजनिक भएको गीतले ढल्किँदै जाने जवानी र यस प्रतिको प्रेमको भाव बोकेको छ ।
अभिनेत्री परमिता आरएल राणाले पहिलो पटक तेलुगू चलचित्रमा काम गर्ने भएकी छिन् । तेलुगू चलचित्रका एक्सन सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने चलचित्रबाट उनले तेलुगु चलचित्रमा डेब्यु गर्न लागेकी हुन् ।
थापागाउँस्थित कुञ्ज नाटक घरमा दसैँको विषयवस्तु रहेको नाटक 'टिका' मञ्चन भइरहेको छ । भीमनिधि तिवारीले लेखेको नाटकलाई सङ्गीत सापकोटाले निर्देशन गरेका छन् ।
अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टिका निधारमा’को शीर्ष गीत शुक्रवार रिलिज गरिएको छ । असोज १० मा दशैको अवसर पारेर प्रदर्शनमा आउने चलचित्रको राजेश हमाल र करिश्मा मानन्धर स्टारर सिनेमा ‘अल्लारे’मा समावेश गीत ‘रातो टिका निधारमा टलक्क टल्कियो’लाई रि-एरेन्ज गरिएको गीत इन्टरनेटमा सार्वजनिक गरिएको हो ।
चलचित्र ‘सम्हाली राख है’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । आरएल मोक्तानले निर्देशन गरेको चलचित्र तारा शङ्कर फिल्मस् प्रालीको ब्यानरमा हरिकृष्ण महर्जनले निर्माण गरेको चलचित्र हो ।
चौथो हप्तामा प्रदर्शन भइरहेको यस चलचित्रले २ सय करोड कमाउन सफल भएसँगै २ सय करोड कमाउने अक्षयको पहिलो चलचित्र बन्न पुगेको छ ।