भारतका नेता सुभाष चन्द्र बोसको जीवनमा आधारित चलचित्र 'गुमनामी'को ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ बाट निर्देशकको रूपमा डेब्यु गरेकी रेनेशाको आगामी चलचित्र ‘आइ एम २१’को लागी निर्माण घोषणामा नै धिरज राईलाई पक्का गरिएको थियो भने अब धिराजाको जोडीको रूपमा जसिता गुरुङ अनुबन्धित भएकी छिन् ।
मण्डला नाटक घर अनामनगरमा नाटक 'महाभोज' मञ्चन भइरहेको छ । भारतीय लेखक मन्नु भन्डारीको लेखन रहेको यस नाटकलाई अनुप बरालले निर्देशन गरेका हुन् ।
हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट अलग्गिएको अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)सहितको २१ जनाको टिमले नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ ।
चलचित्र ‘सेल्फी किङ’को आइतबार औपचारिक निर्माण घोषणा गरिएको छ । सफल चलचित्र ‘प्रसाद’ का निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले निर्माण तथा विशाल सापकोटाले निर्देशन गर्ने यस चलचित्रमा विपिन कार्कीको मुख्य भूमिका रहने छ ।
आइतबार चलचित्र 'पोइ पर्यो काले'को एक कार्यक्रम बिच शीर्ष गीत सार्वजनिक गरियो । शिशिर राणाको निर्देशनमा बनेको चलचित्रमा सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन् ।
सन्नी लियोनीसँगको टिम अप कथाको माग हो वा पब्लिसिटिको माध्यम ? धेरैको दिमागमा बसेको प्रश्न हो यो । यसबारे उनी भन्छन्, 'सन्नी लियोनी प्रचारकै लागि मात्र अटाइएको होइन । यदि उहाँ जोडिदा ‘पासवर्ड’को पब्लिसिटी हुन्छ भने त्यो हाम्रो लागि राम्रो हो ।
शिशिर राणाको निर्देशनमा बनेको चलचित्र 'पोइ पर्यो काले' को शीर्ष गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शीर्ष ओएसटी गीत सार्वजनिक गरिएको हो ।
आगामी असोज ३ गते प्रदर्शनमा आउने भनिएको चलचित्र ‘लभ डायरिज’ प्रदर्शन मिति सारेको थियो भने नयाँ मिति तोक्न सकेको थिएन । अब भने सुशील श्रेष्ठ र रुबिना थापा अभिनीत यस चलचित्रले आफ्नो नयाँ रिलिज मिति तय गरेको छ ।
हप्ताको बिचमा परेको तीज र सार्वजनिक बिदाका बिच यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।