हरितालिका तिजको अवसरमा जापानको राजधानी टोकियोमा पहिलो पटक खुल्ला वृहत् सांस्कृतिक कार्यक्रम ‘तीज फेस्टिभल’ भव्य हुने भएको छ ।
नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘काले दाइ’को फस्टलुकसंगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।
गायक पुष्पन प्रधानको पूर्वाञ्चल साङ्गीतिक टुर सुरु हुने भएको छ । टुवोर्गको आयोजनामा भदौ १३ गते शुक्रवारबाट सुरु हुने यस टुर भदौ १९ गतेसम्म पूर्वाञ्चलका विभिन्न ठाउँमा आयोजना हुनेछ ।
सोनम कपुर र डुल्कुएर सलमान अभिनीत बलिउड चलचित्र 'द जोया फ्याक्टर'को ट्रेलर सार्वजनिक भएको छ ।
दीपकराज गिरी आफ्नो टिम बलिउड चलचित्र डराएको नभै नेपाली हलवाल र वितरकसँग जुध्ने साहस नभएको बताउँछन् । नेपाली चलचित्र माथि उनीहरूले गर्ने व्यवहारसँग कोही पनि जुध्न नसक्ने उनको तर्क छ ।
भदौ १३ गते देखि रिलिज हुने प्रभास स्टारर बलिउड प्रतीक्षित चलचित्र 'साहो' भारतमा १० हजार स्क्रिन्समा रिलिज हुँदैछ । ‘साहो’ले रिलिज भन्दा अगाडी नै स्क्रिन्स शेयरिङको नयाँ रेकर्ड बनाएको छ ।
चलचित्र ‘आमा’का लागि नायिका सुरक्षा पन्तले पनि कपाल मुन्डन गरेकी छन् । यस बारे बोल्दै सुरक्षाले भनिन्, 'चलचित्रको सिनमा कपाल काट्नु पर्नेभएपछि मैले कपाल काटेकी हुँ । राम्रो चलचित्र बनाउने प्रयास भएकाले कम्प्रमाइज नगरी मैले पनि कपाल काटेँ ।'
सुशील गर्तौलाको स्वरमा रहेको गीत 'पहिलो यो माया' सार्वजनिक भएको छ । 'द भ्वाइस अफ' नेपालको पहिलो सिजनबाट निकै चर्चामा आएका सुशीलको सार्वजनिक गीतमा धनबहादुर गोपाली र श्री केसीको शब्द तथा सङ्गीत रहेको छ ।
कात्तिक २९ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘मिस्टर नेपाली’ को पहिलो गीत सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रम बिच नेपाली लोक शैलीमा तयार पारिएको ‘नाचौँ छमछम छमछम’ बोलको गीत सार्वजनिक गरिएको हो ।
कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काँडा की फुल’को ट्रेलर सार्वजनिक भएको छ ।