हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट अलग्गिएको अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)सहितको २१ जनाको टिमले नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ ।
चलचित्र ‘सेल्फी किङ’को आइतबार औपचारिक निर्माण घोषणा गरिएको छ । सफल चलचित्र ‘प्रसाद’ का निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले निर्माण तथा विशाल सापकोटाले निर्देशन गर्ने यस चलचित्रमा विपिन कार्कीको मुख्य भूमिका रहने छ ।
आइतबार चलचित्र 'पोइ पर्यो काले'को एक कार्यक्रम बिच शीर्ष गीत सार्वजनिक गरियो । शिशिर राणाको निर्देशनमा बनेको चलचित्रमा सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन् ।
सन्नी लियोनीसँगको टिम अप कथाको माग हो वा पब्लिसिटिको माध्यम ? धेरैको दिमागमा बसेको प्रश्न हो यो । यसबारे उनी भन्छन्, 'सन्नी लियोनी प्रचारकै लागि मात्र अटाइएको होइन । यदि उहाँ जोडिदा ‘पासवर्ड’को पब्लिसिटी हुन्छ भने त्यो हाम्रो लागि राम्रो हो ।
शिशिर राणाको निर्देशनमा बनेको चलचित्र 'पोइ पर्यो काले' को शीर्ष गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शीर्ष ओएसटी गीत सार्वजनिक गरिएको हो ।
आगामी असोज ३ गते प्रदर्शनमा आउने भनिएको चलचित्र ‘लभ डायरिज’ प्रदर्शन मिति सारेको थियो भने नयाँ मिति तोक्न सकेको थिएन । अब भने सुशील श्रेष्ठ र रुबिना थापा अभिनीत यस चलचित्रले आफ्नो नयाँ रिलिज मिति तय गरेको छ ।
हप्ताको बिचमा परेको तीज र सार्वजनिक बिदाका बिच यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
केही समय यता अभिनयको दुनियाँबाट केही टाढा रहेका महानायक राजेश हमाल आज पनि उत्तिकै फुर्तिला अनि जाँगरिला देखिन्छन् ।
विन्ध्यवासिनी फाउन्डेसनको आयोजनामा हुने विन्ध्यवासिनी सम्मान एवम् सङ्गीत साँझ– २०७६ तथा दसौँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७६ मा प्रदान गरिने पुरस्कार तथा सम्मानको घोषणा भएको छ । शनिवार फाउन्डेसनको कार्यसमितिको बहुमतले कार्यक्रमलाई पारित गरेको फाउन्डेसनले जनाएको छ ।
सर्वोच्च अदालतले बुधवार गरेको आदेशपछि उनी १४ दिन लामो हिरासतबाट मुक्त भएका छन् ।