नितिन चन्द निर्देशित वेब सिरिज 'बाजी' को ट्रेलर सार्वजनिक भएको छ । यस अघि चलचित्र 'जोनी जेन्टलमेन', म्यूजिक भिडियोहरु तथा 'हाम्रो हाईस्कूल' र 'रङ्ग टाईम' जस्ता वेब सिरिज निर्देशन गरेका नितिनको यस सिरिजको सार्वजनिक गरिएको ट्रेलर रोमान्टिक थ्रिलर छ ।
चलचित्र रिलिज मिती नजिकिँदै जाँदा कलाकारलाई धेरैभन्दा धेरै दर्शक सामु पुगुँ भन्ने हुटहुटीले गाँजेको हुन्छ । यतिबेला चलचित्र 'बिर विक्रम २'का कलाकार लगायत चलचित्र टिम प्रचारप्रसारको दौरानमा छन् । चलचित्रका मुख्य कलाकार प्रचारप्रसारको क्रममा यत्रतत्र सहभागी भैरहेका छन् ।
पछिल्लो समय नेपाली चलचित्रका चर्चामा आइरहेका नायिका वर्षा सिवाकोटी र वर्षा राउतले म्युजिक भिडियोदेखि चलचित्रसम्मको यात्रा एकसाथ सुरु गरेका हुन् । यी दुई ‘बर्षा’ लाई एकअर्काको प्रतिस्प्रर्धीको रुपमा लिइने गर्दछ । नाम र कामको कारण नै दुई बर्षाको तुलना सिने नगरीमा निकै गरिन्छ ।
ह्याप्पी प्लानेट फिल्मस् र कमेरो स्क्रिनको संयुक्त ब्यानरमा चलचित्र ‘१२ सत्ताईस’ निर्माण हुने भएको छ । चलचित्रको शनिबार राजधानीमा आयोजीत एक कार्यक्रमका बिच निर्माण घोषणा गरिएको हो ।
चलचित्र 'कुम्भ करण'को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा मुख्य कलाकार गौरव पहाडी, भोलाराज सापकोटा, अभय बराल, निशा अधिकारी लगायतका कलाकारलाई स्थान दिइएको छ । यो सिनेमा आगामी जेष्ठ १७ गतेबाट प्रदर्शन हुँदैछ ।
अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले बुधवार २१ औँ जन्मदिन मनाइन् । राजधानीको पाँच तारे होटेल अन्नपूर्णमा सुहानाको जन्मदिनसँगै सुहाना अभिनीत ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी आयोजना गरिएको थियो ।
नेपाली चलचित्र जगतको पहिलो चलचित्र ‘आमा’ पुनः बन्ने भएको छ । वि.स. २०२० मा हिरासिंह खत्रीले आमा नामक चलचित्र निर्माण गरेका थिए । नेपाली सिनेमा जगतको यो पहिलो चलचित्र हो ।
सफल चलचित्रको सिरिज ‘प्रेमगीत’को तेस्रो सिक्वेलको लागी नायिकाको खोजीकार्य सुरु गरिएको छ । यही वर्षको अन्तिम चैत्र २८ गते प्रदर्शन मिति समेत तय गरिसकेको चलचित्रको लागी नायिका खोजी सुरु गरिएको हो ।
आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के अभिनित चलचित्र ‘सानो मन’ को पहिलो गीत ‘रानु कम्मर’ सार्वजनिक भएको छ ।
पछिल्लो समय चलचित्र अवार्ड फेसनको रुपमा मौलाएको छ । दर्जन हाराहारीमा चलचित्र अवार्ड कार्यक्रम आयोजना हुन्छन् र जुरीको सेरोफेरोले भ्याएका चलचित्र नोमिनेसनमा पर्छन् अनि अवार्ड हात पार्छन् । तर आयोजना हुने सबै अवार्डको उद्देश्य एउटै हुँदैनन् वर्षौँदेखी नेपाली चलचित्रलाई उत्थान गर्ने उद्देश्यले आयोजना हुने गरेका अवार्डको गरिमा छुट्टै हुने गर्छ । अवार्डमा गरिने मनोमानिलाई नकार्दै केहि चलचित्र कर्मीले अवार्ड नै बहिस्कार समेत गरिरहेका छन् । यसैबिच एघारौं 'डि सिने अवार्ड - २०७६' सम्पन्न भएको छ ।