2083 असार 19, शुक्रबार

'स्टूडेंट अफ द ईयर २'को गीत 'फकीरा' सार्वजनिक (भिडियो)

पुनीत मल्होत्राको निर्देशनमा बन्ने चलचित्र 'स्टूडेंट अफ द ईयर २' को पहिलो गीत सार्वजनिक भएको छ । १० मे को लागी रिलिज मिती तोकेको चलचित्रको गीत 'फकीरा' भएको हो ।

हाउसफुल ‘दाल भात तरकारी’, कलाकारहरु हल पुग्दा यस्तो बन्यो माहोल (भिडियो)

शुक्रबारदेखी देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र 'दाल भात तरकारी'ले बम्पर ओपनिङ गरेको छ । सोलो प्रदर्शनको साइत जुरेको चलचित्रले काठमाण्डौका सिङल थिएटर देखी मल्टिप्लेक्स सम्म राम्रो अकुपेन्सी हात पारेको छ ।

'बीर विक्रम २'को मोफसल यात्रा: पोखरा कन्सर्ट सम्पन्न

प्रदर्शनको मिती नजिकिँदै जाँदा चलचित्र 'बीर विक्रम २' ले प्रचारप्रसारलाई तिब्रता दिएको छ । जेठ ३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रले प्रचारप्रसारको क्रममा मोफसल यात्राको आयोजना गरेको छ ।

परानै दिन्छु भन्दै दयाहाङ राई (भिडियो)

गायिका मेलिना राई र गायक हरि लम्सालको स्वर रहेको गीत ‘परानै दिन्छु’ सार्वजनिक भएको छ । शुक्रबार युट्युबमा भिडियो सहित सार्वजनिक भएको गीतमा प्रल्हाद शाहको शब्द रहेको छ भने हरि लम्सालको संगीत रहेको छ ।

बिराजको 'साङ्गलो'मा निकिता, भन्छिन् कथा सुनेर रोएँ (भिडियो )

एक्सन हिरो विराज भट्टको निर्माण र निर्देशनमा चलचित्र ‘साङ्गलो’ बन्ने भएको छ । शुक्रबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो । चलचित्र 'साङ्गलो'मा नायक विराजसँगै मिस नेपाल निकिता चन्डकले स्क्रीन सेयर गर्ने छिन् ।

‘डि सिने अवार्ड’मा निर शाह, देविका, शोभित र अनन्तलाई सम्मान

'११औं इएनआई छायाँछवि डि सिने अवार्ड २०७६'को 'छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड' वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिने भएको छ । साथै 'छायाँछवि सिनेमाकर्मी रजत सम्मान २०७६ बाट तीन दशकदेखि आधुनिक गायन तथा पाश्र्व गायनको रुपमा सक्रिय हुँदै आएकी गायिका देवीका बन्दना तथा विगत दुइ दशक देखि चलचित्रमा निर्देशन एवं अभिनय गर्दै आएका शोभित बस्नेतलाई प्रदान गरिने भएको छ ।

'काउसो'को रिलिज मिती सार्वजनिक, ४ चलचित्रको भिडन्त हुँदै

मदन घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्र ‘काउसो’को नयाँ रिलिज डेट तय भएको छ । यस अघि बैशाख २० गते रिलिज मिती तोकिएको भए पनि प्रतिक्षित चलचित्र 'दाल भात तरकारी'सँग जुध्ने साहस नबटुलेको चलचित्र जेठ १७ गतेलाई रिलिज मिती तोकिएको छ ।

‘एभरेष्ट इन्टरनेशलन फिल्म अवार्ड' को को परे नोमिनेसनमा ?

‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’का लागि नोमिनेसनमा परेका बिभिन्न बिधाका उत्कृष्ट ५ चलचित्रको नाम सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चलचित्रकर्मी, पत्रकारको उपस्थितीमा असार १५ मा हङ्कङमा समापन हुने कार्यक्रमको बिस्तृत जानकारी दिइएको थियो ।

मिनराज र कृशलको गीत ‘बरिलै…’ सार्वजनिक (भिडियो)

नेपाल आइडल सिजन २ का पहिलो गेल्डेन माइक पाउने प्रतियोगी मिनराज पौडेल र कृशल कंडेलको आवाज रहेको गीत  ‘बरिलै…’ सार्वजनिक भएको छ । गितमा नृपेश उप्रेतीको शब्द तथा संगीत रहेको छ भने भिडियोमा कृशल र मिनराज तथा करिश्मा ढकाल फिचर्ड छ्न् ।

फ्राइडे रिलिज:दाल भात तरकारीको सोलो प्रदर्शन

यो हप्ताको शुक्रबार नेपाली चलचित्र 'दाल भात तरकारी' प्रदर्शनमा आएको छ । अघिल्लो हप्ता हलिउड प्रतिक्षित चलचित्र 'एभेन्जर्स: इन्ड गेम' प्रदर्शनमा आएपछी नेपाली चलचित्रको व्यपार खस्किएको छ ।