बलिउड अभिनेता सलमान खान अब जेठमा नेपाल आउने भएका छन् । हिजो शनिवार जोधपुर कोर्टले धरौटीमा रिहा गरेसँगै आइतबार उनको नेपाल दबंग टुरको नयाँ मिति घोषणा गरिएको हो ।
गत शुक्रवारबाट सिनेमा हलमा चलचित्र 'तिमीसँग' प्रदर्शनमा आएको छ । शिशिर राणाको निर्देशन र निर्माणमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेनको मुख्य भूमिका रहेको छ ।
चर्चित रियालिटी शाे ‘हिमालय रोडिज’को दोस्रो सिजन सुरु भएको छ । काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्देशक अमन प्रतापले हिमालय रोडिजको बारेमा औपचारिक घोषणा गरेका हुन् ।
दुर्लभ कृष्णसारको सिकार गरेकोमा दोषी ठहर भएका चर्चित बलिउड अभिनेता सलमान खानलाई जमानतमा अदालतले रिहा गरेको छ ।
बलिउड अभिनेता सलमान खान जेल परेपछि बलिउडमा निराशा छाएको छ। तर नायिका सोफिया हयात भने सलमानले सजाय पाएकोमा खुसी भएकी छिन् । सोफियाले सलमान जेल गएको खुसी सामाजिक सञ्जाल मार्फत सेयर गरेकी छिन् ।
आज शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र तिमीसँगले पहिलो दिन सुखद सुरुवात गरेको छ। निर्देशक तथा निर्माता समेत रहेका शिशिर राणाको अनुसार गोपिकृष्णको बिहानी सो हाउसफुल रहेको र दिउँसोको अधिकांश सो हाउसफुल रहेको बताए ।
तेस्रो सातामा सफलताको साथ प्रदर्शन भइरहेको चलचित्र शत्रु गतेको जापानमा प्रिमियर हुने भएको छ । यही अप्रिल ८ तारिख आइतबार जापानको टोकियोस्थित नाकानो जिरो हलमा आयोजना हुन लागेको प्रिमियरमा नेपालबाट नायक पल शाह सहभागी हुने भएका छन् । उ
गायक टङ्क बुढाथोकीको स्वर र सङ्गीतमा र चर्चित नृत्य समूह ‘कार्टुन्ज क्रु’को अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘रेली माई’ बोलको गीतमा स्वर, शब्द तथा सङ्गीत टङ्क बुढाथोकीको रहेको छ ।।
आउँदो शुक्रवार चैत्र ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'लिलीबिली'ले यति बेला आफ्नो प्रमोसन व्यापक रूपमा गरिरहेको छ । केही दिन अघि मोफसलमा प्रमोसन टुर सम्पन्न गरेको चलचित्र युनिटले काठमाडौँको विभिन्न स्थानमा कन्सर्ट आयोजना गरेको छ । चलचित्र युनिटले काठमाडौँको नयाँ बसपार्कस्थित बिजी मल हुँदै उपत्यकाको प्रमोसन सुरु गरेको हो ।
आज शुक्रवार सिनेमा घरमा एक मात्र नेपाली चलचित्र 'तिमीसँग' रिलिज भएको छ । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नाजिर हुसेन र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ ।