नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको जोडीमा निर्माण भएको चलचित्र ‘ब्ल्याक’को नयाँ गीत सार्वजनिक भएको छ।
अभिनेता टाइगर श्रापको अभिनय रहेको चलचित्र ‘बाघी २’ले यति बेला सिनेमाहलमा धमाका मच्चाइरहेको छ । भारतभर कबिर ४६०० र भारत बाहिर ११०० हलमा रिलिज भएको चलचित्रले ओपनिङ धमाका गरेको छ ।
यही आउँदो जेठ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हैरान’को शीर्ष गीतको छायाङ्कन सकिएको छ । राजधानी स्थित एनएफडिसीमा सेट लगाएर छायाङ्कन गरिएको गीतमा चलचित्रका सम्पूर्ण कलाकारको अभिनय रहेको छ ।
नायक प्रदीप खड्का र नव–नायिका जस्ता गुरुङ अभिनित चलचित्र ‘लिलीबिली’को प्रिमियर जापानमा हुने भएको छ । आज आइतबार साँझ ६ बजे जापानको टोकियो स्थित नकानो जिरो हलमा चलचित्रको प्रिमियर हुदैँछ । डेस्टिनि कृएसनले आयोजना गर्न लागेको प्रिमियरमा सहभागी हुन चलचित्रका कलाकारद्धय प्रदीप र जसिता र निर्माता गोविन्द शाही शनिवार जापान पुगिसेका छन् ।
यतिबेला ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को राजधानीका विभिन्न स्थानहरुमा छायांकन भईरहेको छ । शुक्रबार नारायणहिटी दरबार संग्राहलयको उत्तरमा रहेको नेपाल आर्मीको गोरख गणको मैदानमा भव्य रुपमा छायांकन भएको थियो ।
शुक्रवार काठमाडौँको आर्मी अफिसर क्लबमा चलचित्र कलाकार सङ्घको दोस्रो फान अवार्ड सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा आलीको प्रमुख आतिथ्यमा अवार्ड सम्पन्न भएको हो ।
युवामाझ पछिल्लो समय निकै रुचाएका नायक हुन् प्रदीप खड्का र पल शाह । सिनेनगरीमा यी दुई नायकलाई प्रतिस्प्रर्धाको रूपमा हेरिने गरिन्छ । यो वर्ष पल अभिनित म यस्तो गीत गाउँछु रिलिज भयो भने प्रदीप अभिनित प्रेमगीत २ रिलिज भयो । यी दुवैको चलचित्रले बक्स अफिसमा धमाका मच्चाइसकेको छ । गत सातामात्र पल अभिनित शत्रु गते रिलिज भयो
युवामाझ लोभलाग्दो क्रेज बनाएका नायक अनमोल केसी २४ वर्षमा प्रवेश गरेका हुन् । उनी आज चैत्र १६ गते २३ पुरा भएर २४ वर्षमा लागेका हुन् । सन् १९९४ मा पिता भुवन केसी र माता सुस्मिता केसीको कोखबाट अनमोलको जन्म भएका हो ।
यस वर्षको अन्त्य यानिकि चैत्र ३०मा रिलिज हुने चलचित्र ‘लिलीबिली’ मोफसल टुर सकाएर काठमाडौँ फर्किएको छ । प्रमोसनमा तीव्रताको साथ लागिरहेको यो टिमले चितवनबाट पूर्वको दमक, धरान र बिर्तामोडमा कन्सर्ट गरी दर्शकलाई मनोरञ्जन दिँदै चलचित्रको बारेमा जानकारी दियो । जहाँ अभिनेता प्रदीप खड्कालाई हेर्न हजारौँ दर्शकको उपस्थिति रह्यो ।
प्रदर्शनमा आएको करिब दुई महिना पछि चलचित्र ‘कृ’को विवाद बल्झिएको छ। चलचित्रमा समावेश भएको ‘उकालीमा अघि अघि’ बोलको गीत चोरिएको भन्दै ‘सम्झना’ चलचित्रका निर्देशक शम्भु प्रधानले केही समय अघि प्रहरीमा उजुरी दिएका थिए ।