निर्देशक ऋषिराज आचार्यको नया“ फिल्म ‘ड्रिम गर्ल’ असार २९ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ । ऋषिराजले ‘ड्रिम गर्ल’ डिसिएनले बितरण गर्ने सम्झौता भएको बताउदै प्रदर्शन मिति सार्वजनीक गरेका हुन् ।
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नेप्टे’को तश्रो गीत 'आँखा छ चिम्रो' सार्वजनिक भएको छ । ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलर सार्वजनिक भएसँगै चलचित्रको नयाँ गीत सार्वजनिक गरिएको हो ।
अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनयमा बनेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक विशेष कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
माघ १२ गतेबाट पोस्टपोन्ड भएको अभिनेता नरेन खड्का चलचित्र ‘स्वर्ग मेरो गाउँ’ अब वर्ष २०७५ को वैशाख ७ गतेबाट देशैभर प्रदर्शनमा आउने भएको छ । विविध कारणले पूर्व्निर्धा्रित मितिमा प्रदर्शन हुन नसकेपनि अब वैशाख ७ गतेबाट चलचित्रको रिलिज डेट फेरबदल नहुने निर्माता तथा निर्देशक रामकृष्ण बजगाइँले जानकारी दिए ।
चलचित्र ‘भैरे’को नयाँ गीत सार्वजनिक भएको छ । यही जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भैरे’मा समावेश भएको ‘सनम माया लाको’बोलको गीत मङ्गलवार एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र सुरक्षा पन्तको अभिनय रहेको छ । गीतमा एभरेष्ट सूर्य बोहराको शब्द रहेको छ भने यम बरालको सङ्गीत रहेको छ ।
गीत चोरीको आरोपमा 'कृ' निर्मता सुवास गिरी पक्राउ परेका छन् । केहि दिन अघि चलचित्र 'कृ'को उकालीमा अघि अघि बोलको गीत चोरेको आरोपमा उजुरी लिएर शम्भु प्रधान प्रहरीकोमा पुगेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार उनलाई पक्राउ गरेको हो ।
अभिनेता बिपिन कार्की अभिनित चलचित्र ‘हरि’को ट्रेलर सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा बिपिनलाई विभिन्न रूपमा देखाइएको छ ।
बेलाबेला नायिकाहरूको पहिरन र उनीहरूको शरिरिक बनावटले सञ्चार माध्यम तताउने गर्दछ ।
गत शुक्रवार देखि सफलताको चलचित्र ‘शत्रु गते’ प्रदर्शन भइरहेको छ । प्रदर्शन भएको तीन दिनमा ३ करोड २७ लाख बराबरको कलेक्सन गरेको चलचित्रलाई दर्शकले निकै रुचाएका छन् ।