केही समय अघि प्रदर्शन भएको बलिउड फिल्म ‘ट्युबलाइट’ फ्लप भयो भनेर बलिउड मिडियामा बिभिन्न खबरहरु बाहिरिए । त्यस्तै सलमानले वितरकलाई समेत पैसा फिर्ता गर्नु पर्ने भनिएको थियो । उक्त खबरको प्रतिउत्तर सलमानले दिएका छन् । सलमानले त्यो खबरको सत्यता बोलेर नभई, देखाएर नै दिने भएका छन् ।
मेडिकल क्षेत्रको सुधारको लागी डा.गोविन्द केसी यतिबेला ११ औँ आमरण अनसन बसिरहेका छन् । पटक पटक अनसनमा बसेका डा.केसीको माग पुरा हुने आश्वासन देखाए पनि माग पुरा नभएकाले अन्तिम पटकको लडाई भन्दै उनी फेरि अनसनमा उत्रिएका हुन् ।
पल शाह र धुर्मुस सुन्तली अभिनित ‘तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो’ गीतको सिक्वेलको रुपमा नयाँ गीत ‘जता जता पिरतीको बाटो....’ सार्वजनिक भएको छ । युट्युबमर्फत मंगलबार गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सरोज ओलीको स्वर रहेको छ भने दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ ।
बलिउड अभिनेत्री माधुरी दिक्षितको जीवनीमा अर्की अभिनेत्री प्रियंका चोपडाले फिल्म बनाउने भएकी छिन् । केही दिन अघिमात्र प्रियंकाले एक कार्यक्रममा आफ्नी मनपर्ने अभिनेत्री माधुरी दीक्षितसँग काम गर्ने इच्छा छिट्टै पूरा गर्न लागेको बताएकी थिइन् । फिल्मका लेखक रहेका श्री रावले ट्विटरमा माधुरी र प्रियंकाको फ
करिब २ दशक सिनेमा क्षेत्रमा बिताइसकेकी अभिनेत्री हुन् झरना थापा । उनको डेव्यु निर्देशनमा ‘ए मेरो हजुर २’ निर्माण भइसकेको छ । यसै चलचित्रबाट झरनाले नव नायक सलिन मान बँनियालाई डेव्यु गराउदै छिन् । लामो समयको अन्तराल पछि निर्देशकको रूपमा चलचित्रमा फर्किएकी झरनाले ट्रेलर सार्वजनिक भए पछि पाएको प्रतिक्रि
यो २०७४ सालको सुरुवात देखि दर्जनौ चलचित्रहरु प्रदर्शनमा आइसकेका छन् । केही चलचित्र सफल भए भने केही चलचित्र असफल भएका छन् । साउनमा केही चलचित्रहरु प्रदर्शन भए त केही चलचित्र प्रदर्शन हुने तयारीमा छन् । भदौ महिनामा मात्र आधा दर्जन भन्दा बढि चलचित्र प्रदर्शन हुदै छ । त्यसमा पनि भदौ ८ गते एउटै कथामा आधा
बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री अनुष्का शर्मा अभिनित चलचित्र ‘जब ह्यारी मेट सेजल’ यही शुक्रवारबाट रिलिज हुँदै छ ।
दंगल नायिका जायरा वसीम अभिनित फिल्म 'सीक्रट सुपरस्टार'को पहिलो पोस्टर आउट भएको छ । फिल्मका निर्माता रहेका बलिउड अभिनेता आमिर खानले सामाजिक संजाल मार्फत फिल्मको पोस्टर आउट गरेका हुन् । सांगेतिक कथामा आधारित रहेको फिल्ममा एक युवतीे गायिका बन्न बोकेको सपनालाई देखाइएको छ ।
साउन २३ गते काठमाडौंमा आयोजना हुने एलजी सिने सर्कल फिल्म अवार्ड–२०७४ मा प्रतिस्पर्धामा परेका उत्कृष्ट चलचित्रहरुको मनोनयन सूची सार्वजनिक गरिएको छ । गत बर्ष देखि सुरु भएको अवार्ड पर्दा पछाडिका अनुहारलाई समेत स्थान दिने उदेश्यले सुरु गरिएको हो । यसपटक चन्द्रागिरी हिल्स प्रालिले पनि सहकार्य गरेको छ । अ
अभिनेत्री संचिता लुईटेल मुख्य भूमिकामा रहेको चलचित्र ‘लिला’ को प्रचारपरासर सुरु भएको छ । चलचित्र युनिटले फरक तरिकाबाट प्रमोसन सुरु गरेको छ ।आइतबार निर्माण युनिटले पशुपती स्थित बृद्धाश्रममा आश्रृत बृद्धबृद्धालाई भोजन गराउँदै चलचित्रको प्रचारको सुरुवात गरेको हो ।