चलचित्र 'प्रेम दिवस' अनलाइन रिलिज भएको छ । रियल लाइफ जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशी अभिनीत यस चलचित्र युट्युबमा शुक्रवार सार्वजनिक गरिएको हो ।
गायक युवराज चौलागाईंको नयाँ गीत सार्वजनिक भएको छ । ‘देवतालाई भाकी’ बोलको गीत शुक्रवार गायक चौलागाईंको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको छ ।
अन्जु पन्तको स्वर रहेको गीत ‘फुलेको केश’ सार्वजनिक भएको छ । गीतकार श्रीमती तारा अधिकारीको शब्द रहेको गीतमा वसन्त सापकोटाले सङ्गीत भरेका छन् ।
अभिनेत्री कविता गुरुङको नौलो र फरक किसिमको टेलिभिजन सो 'विस फर अ डे विथ डल्लु' लिएर आउने भएकी छिन् । सो को मङ्गलवार ट्रेलर सार्वजनिक गरिएको छ ।
हरेक केटीले आफ्नो जीवनमा कम्तीमा एक पटक आफ्नो विवाहको सपना बुन्छन् । यस्तै, सपना बुन्ने केटीले भर्खरै आफ्नो राजकुमार पाएकी छिन् । जसले आफ्नो सपनाको विषयमा अन्य मानिसको धारणा भन्दा पर रहेर आफ्नो सपनामा विश्वास गर्न सिकेकी छिन् ।’
लोकप्रिय हाँस्य कलाकार विल्सन विक्रम राई आफ्नो गीत लिएर दर्शकको माझमा आएका छन् ।
लोकप्रिय गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘दुइटा हात्ती’ बोलको लोकदोहोरी गीत युट्युबमा सार्वजनिक गरिएको हो ।
विश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ स्टार’को नेपाली संस्करण घोषणा भएको छ ।
फागुन २९ गते वैवाहिक बन्धनमा बाँधिएकी नायिका आँचल शर्माले शनिवार रिसेप्सन पार्टी आयोजना गरेकी थिइन् ।