अभिनेत्री आँचल शर्माको पनि विवाह हुने पक्का भएको छ । केही समय यता प्रेममा रहेकी उनी प्रेमी उदिप श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिँदै छिन् ।
प्रशान्त तामाङको मुख्य भूमिका रहेको चलचित्र ‘परदेशी’ को सिक्वेल बन्ने भएको छ । २०७२ सालमा प्रदर्शनमा आएको चलचित्रको सिक्वेलमा चर्चित लोक गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गर्ने भएका छन् ।
बलिउडका चर्चित अभिनेता सलमान खान एकाएक विवादमा आएका छन् । खानले मङ्गलवार गोवा एयरपोर्टका कर्मचारीको हातबाट मोबाइल फोन खोसेपछि विवादमा परेका हुन् ।
निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा दयाहाङ राई र पल शाह देखिने भएका छन् ।
चलचित्र सम्बन्धी विभिन्न समाचारहरू आइरहेका बेला चलचित्रमा नायक आर्यन सिग्देलको मुख्य भूमिका रहने खबर पनि बाहिरिइरहेको छ ।
गायिका नेहा कक्कडसँग गायक उदित नारायणका छोरा आदित्य नारायणको विवाहको बारेमा बलिउडमा चर्चा चलिरहेको छ ।
उनले वास्तविक जीवनमा देवाशंसँग समय बिताइरहेकी त छिन् नै साथमा उनीसँगै स्क्रिन पनि सेयर गर्ने भएकी छिन् ।
यसै विषयमा नायिका करिश्मा मानन्धरले पनि एक स्टाटस लेखेकी छिन् । उनले असभ्य भाषा बोल्ने अधिकार कसैलाई नभएको बताएकी छिन् ।
प्रियंकाले आफ्नो सामाजिक सञ्जालमा ब्याचलर पार्टी मनाउने बारे पोस्ट गरेकी छिन् ।
राजबल्लभ कोइराला र यूना उप्रेतीको डेब्यु चलचित्र ‘पर्खी बसेँ’को दोस्रो सिरिजको निर्माण घोषणा भएको छ । रिलिजको १२ वर्ष पछि निर्माण कम्पनी गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा सिनेमा घोषणा गरेको छ