चलचित्र ‘प्रेमगीत ३’ को विदेश राइट्स बिक्री भएको छ । चलचित्र उत्तर अमेरिका, क्यानडा लगायत अफ्रिकी देशहरूमा प्रदर्शनको लागी ग्लोबल नेपाली अवार्डले अधिकार किनेको हो ।
चलचित्र ‘सेन्टी भाइरस’ टिमले चलचित्र पत्रकारसँग च्यारिटी क्रिकेट म्याच खेलेको छ । यही फागुन ९ गतेबाट प्रदर्शनमा आउने चलचित्रको आयोजनामा चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालाको नमुना मैदानमा आज म्याच सम्पन्न भएको हो ।
बलिउड चलचित्र ‘अङ्ग्रेजी मिडियम’ को ट्रेलर सार्वजनिक भएको छ । इरफान खान र अभिनेत्री करीना कपूर खानको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर निकै रोचक र रमाइलो छ ।
चलचित्र 'म यस्तो गीत गाउँछु २' को ट्रेलर सार्वजनिक भएको छ । पल शाह र पूजा शर्मा स्टारर प्रतीक्षित चलचित्रको ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो ।
शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘साङ्लो’ले सुखद व्यापार गरिरहेको छ ।
विगत तीन महिनादेखि नेपाली हल बन्द जस्तै भएको थियो । मल्टिप्लेकसमा त विदेशी चलचित्रले राज गरिरहेकै थिए तर सिङ्गल थिएटर भने निकै मारमा परेका थिए ।
विपिन कार्की स्टारर चलचित्रले व्यापारिक हिसाबले त्यति उत्साहजनक सफलता हात नपारे पनि दर्शकले यसको कथा र अभिनेता विपिनको अभिनय मन पराएका छन् ।
खिल बहादुर गुरुङ निर्देशित चलचित्र ‘मन्त्र’ को टिजर सार्वजनिक भएको छ । सौगात मल्ल र दिया पुनको मुख्य भूमिका रहेको चलचित्रको टिजर शुक्रवार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।
निर्माण पक्षले गीतलाई समावेश गरेर 'हु हा' भिडियो बनाउन भनेको छ ।
११ औँ राष्ट्रिय बाल नाटक महोत्सव सुरु भएको छ । शैली थिएटरको आयोजनामा माघ २२ गतेबाट काठमाडौँको रसियन कल्चर सेन्टरमा महोत्सव सुरु भएको हो ।