चलचित्र 'सेन्टी भाइरस'को इन्टरनेशनल राइट्स बिक्री भएको छ । हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गरेको चलचित्रको इन्टरनेशनल राइट्स अहिले सम्मकै सर्वाधिक महँगोमा बिक्री भएको हो ।
चलचित्र ‘के घर के डेरा’ निर्माणको औपचारिक घोषणा गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बिच निर्माण टिमले ‘कास्ट एण्ड क्रू’ सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो ।
बलिउड चलचित्र 'भूत: द हन्टेड शीप' को अफिसियल ट्रेलर' को ट्रेलर सार्वजनिक भएको छ ।
निकेश खड्काको निर्देशनमा बनेको चलचित्र ‘चपली हाइट ३’को गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो ।
चलचित्र 'दासढुङ्गा २' नबन्ने भएको छ । २०५० सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको दुर्घटनामा मृत्यु भएको घटनामा आधारित रहेर यो फिल्म बनाउने घोषणा गरिएको थियो ।
बलिउड चलचित्र 'बागी ३' को पोस्टर सार्वजनिक भएको छ । एक्सन स्टार टाइगर श्रफ स्टारर चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेता टाइगर फिचर्ड छन् ।
दयाहाङ राई स्टारर चलचित्र ‘नीरफूल’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । भूकम्पमा बिछोडिएको परिवारको प्रेमकथामा आधारित चलचित्रको चार पोस्टर सार्वजनिक गरिएका छन् ।
जनवरी १० बाट प्रदर्शनमा आएको बलिउड चलचित्र 'तान्हाजी' यति बेला निकै चर्चामा छ । अभिनेता अजय देवगन अहिले आफ्नो १०० औँ चलचित्रले बक्स अफिसमा २५० करोडको आँकडा पार गरिसकेको छ ।
बलिउड अभिनेता ऋषि कपुर बिरामी परेका छन् । केही समयअघि अमेरिकाबाट क्यान्सरको उपचार गरी फर्किएका उनी आइतबार एक्कासि बिरामी परेका हुन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड हात पार्न सफल चलचित्रले ‘बुलबुल’ ले फ्रान्समा अवार्ड जितेको छ ।