चलचित्र ‘मन्त्र’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । सौगात मल्ल स्टारर चलचित्रलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन् ।
अभिनेत्री आँचल शर्माको पनि विवाह हुने पक्का भएको छ । केही समय यता प्रेममा रहेकी उनी प्रेमी उदिप श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिँदै छिन् ।
प्रशान्त तामाङको मुख्य भूमिका रहेको चलचित्र ‘परदेशी’ को सिक्वेल बन्ने भएको छ । २०७२ सालमा प्रदर्शनमा आएको चलचित्रको सिक्वेलमा चर्चित लोक गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गर्ने भएका छन् ।
नेपाल आउन लागेका भारतीय टेलिभिजनका चर्चित कलाकार करणवीर बोहरालाई दिल्ली एयरपोर्टमा रोक लगाइएको छ ।
बलिउड अभिनेता अक्षय कुमारको नयाँ चलचित्र ’बेल बटम’ बन्ने भएको छ । अक्षयको यसै चलचित्रबाट अभिनेत्री कृति सेननकी बहिनी नुपुर सेननले डेब्यु गर्ने भएकी छिन् ।
यो शुक्रवार हलमा चलचित्र 'दि कर्मा' प्रदर्शनमा आएको छ । लामो समय देखी सुस्ताएको नेपाली चलचित्रको बजारमा केही आशा बोकेर परमिता र भारतीय कलाकार करण वर्माको चलचित्र प्रदर्शनमा आएको हो ।
मिथिला शर्मा र सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र 'आमा'को शीर्ष गीत रिलिज भएको छ । ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीत बिहीबार सार्वजनिक गरिएको हो ।
सौरभ चौधरीको निर्देशनमा बनेको चलचित्र ‘लभ डायरिज’ नेपालसँगै अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । सुशील श्रेष्ठ स्टारर सिनेमा ‘लभ डायरिज’ भ्यालेन्टाइन डे अवसर पारेर प्रदर्शनमा आउँदै छ ।
नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति पक्का भएको छ । उनीहरू यही फागुन १७ गते वैवाहिक जीवनमा बाँधिँदै छन् ।
चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को तेस्रो गीत सार्वजनिक भएको छ । बिहीबार ‘कसम कसम’ बोलेको डान्सिङ गीत सार्वजनिक गरिएको हो ।