कार्तिक २२ गतेबाट रिलिज हुने चलचित्र ‘सत्या’को पोस्टर तथा ट्रेलर सार्वजनिक भएको छ । धनेश्वर फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रका कलाकार विकास थापा मगरको जन्मदिनको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका बिच सिनेमाको पोस्टर तथा ट्रेलर रिलिज गरिएको हो ।
काठमाडौँ महानगरपालिका सह-आयोजक रहने गरी नेपाल पर्यटन बोर्डले पर्यटन वर्ष २०२० लाई लक्षित गरी अवार्ड समारोहको नेतृत्व लिएको जानकारी सार्वजनिक भएको छ । यो खबरसँगै यस विषयमा चर्चा परिचर्चा चलिरहेको छ ।
चलचित्र ‘लक्का जवान’ निर्माण हुने घोषणा पनि भएको छ । आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र पारिवारिक तथा कमेडी कथामा बन्ने र शिवहरि पौडेलले निर्देशन गर्ने भएका छन् ।
अभिनेत्री प्रियंका कार्कीले आफ्नो होम प्रोडक्सनको पहिलो कोसेली स्वरूप लेस्वियन कथामा आधारित सिरिज निर्माण गर्ने भएकी हुन् । यस सिरिज निर्माण पछाडिको प्रमुख उद्देश्य भनेकै दुई महिला बिचको प्रेम र सम्बन्धको स्वीकारोक्ति हो ।
सफल चलचित्र 'कबड्डी' को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ले रिलिज मिति घोषणा गरेको छ । चलचित्रले तिजको अवसर पारेर आगामी भदौ १३ लाई रिलिज मिति लक गरेको हो ।
यति बेला त्यो लामो प्रतीक्षाको घडी सकिएको छ । गीतको भूमिकामा अब क्रिष्टिना गुरुङलाई देखिने भएको छ ।
नेपाली रजतपट होस् या हास्यव्यङ्ग्य क्षेत्रमा राता मकैको उपनामले चिनिने किरण केसीको आज (असार १५ ) जन्मदिन परेको छ ।
एक जमानाका एक्सन हिरो शिव श्रेष्ठ पछिल्लो समय गुमनाम झैँ थिए । आफूले अभिनय गरेको चलचित्र असफल हुनु र आफैँ निर्माण गर्न लागेको चलचित्र पनि सम्पन्न गर्न नसक्दा उनी अलमल्लिएका थिए ।
बाबु छोराको प्रेम र सम्बन्धमा आधारित चलचित्र 'आप्पा' प्रदर्शन भइरहेको छ । ओपनिङबाटै राम्रो सुरुवात गरेको चलचित्रले मिश्रित प्रतिक्रिया पाएको छ ।
असार २७ गतेदेखि प्रदर्शनमा आउने चलचित्र 'सानो मन' युनिट मोफसल प्रचारमा लागिपरेको छ । शुक्रवार चितवनका सञ्चारकर्मी बिच कार्यक्रम आयोजना गर्दै प्रचारप्रसार सुरु गरेको हो ।