पत्रकार सुजाता खत्रीले आफ्नो पहिलो गीत 'राम साइँला' मार्फत नेपाली गीत सङ्गीतमा पाइला राखेकी छिन् ।
बलिउड अभिनेता शाहिद कपुर यती बेला सर्वाधिक चर्चाको पात्र बनेका छन् । उनी अभिनीत 'कबिर सिंह'ले ब्लकबस्टर चलचित्रको रूपमा आफ्नो ठाउँ बनाइसकेको छ ।
कार्की अदालतबाट सोमबार धरौटीमा छुटेका हुन् । उनी रिहा भएसँगै उनको स्वागतमा ‘मालिका’का निर्देशक, निर्माता तथा कलाकार रेखा थापा पनि पुगेकी थिइन् ।
दसैँमा रिलिज गर्ने तयारी गरिरहेको चलचित्रको ओभरसिज राइट्स विक्री भएको छ । निशान बजगाँइले चलचित्रलाई १ करोड १५ लाखको हाराहारीमा खरिद गरेको खुलेको छ ।
पशुपतिप्रसाद फेम्ड डिरेक्टर दीपेन्द्र के खनालको निर्देशनमा चलचित्र 'आमा' बन्ने भएको छ । सोमबार पशुपतिमा चलचित्रको औपचारिक रूपमा सुरु गरिएको छ । चलचित्रको पहिलो सट पशुपतिमा खिचेर शुभारम्भ गरिएको हो ।
आज अर्थात् असार १६ गते चलचित्र विकास बोर्ड नेपालले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सव मनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाको उपस्थितिमा बोर्डले आफ्नै भवनमा आयोजना गरेको कार्यक्रममा विभिन्न चलचित्रकर्मीलाई सम्मान गरियो
प्रमोद खरेल नेपाली गीत सङ्गीतको क्षेत्रमा निकै परिचित र लोकप्रिय नाम हो । उनले गाएका गीतहरू दर्शक श्रोताको मुखमा अनि मनमा बसेका हुन्छन् । यिनै प्रमोद खरेलले नयाँ गीत 'प्रेम फुल' लिएर आएका छन् ।
हास्य कलाकार शिवहरि पौडेलले केही हास्य टेलिशृङ्खला त निर्देशन गरिसकेकै हुन् । तर उनी अब कलाकार मात्र नभएर ठुलो पर्दाको चलचित्र निर्देशकको रूपमा पनि दर्शकमाझ आउने भएका छन् ।
आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत 'मायाको चिनो'को भिडियो सार्वजनिक भएको छ । गीतमा ङवा फिङ्गु पाख्रिनको शब्द तथा सङ्गीत रहेको छ भने सार्वजनिक भिडियो शिव बिकेले निर्देशन गरेका हुन् ।
आमिर खान स्टारर चलचित्र 'दंगल' बाट अभिनयमा डेब्यू गरेकी जायरा वसीमले चलचित्र दुनियाँबाट सन्न्यास घोषणा गरेकी छन् ।