‘कर्णाली ब्लुज’ तथा फिरफिरे जस्ता चर्चित उपन्यास लेखेर दर्शकको मन जितिसकेका लेखक बुद्धिसागर यति बेला चलचित्रको स्क्रिप्टको लेखन तर्फ लागेका छन् । गएको एक वर्षयता उनी चलचित्रको स्क्रिप्टमा काम गरिरहेका थिए ।
चलचित्र ‘द डार्क एन्ड लाइट’ को मङ्गलवार पोखरामा ‘राधा कृष्ण’ बोलको गीतको छायाङ्कन सँगै प्याक अप भएको छ । साथै खालिङ सिस्टर्स मुभिज प्रा.लिको ब्यानरमा निर्मित यो चलचित्र भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।
‘गलबन्दी’ सार्वजनिक भएसँगै राईले यसको भाका आफ्नो आफ्नो गीत ‘देउसी भैली’को लयसँग मिलेको भन्दै प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा उजुरी दर्ता गरेका थिए । तर, प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको छ ।
यतिबेला बलिउडमा साहिद कपुरको चर्चा निकै माथी पुगेको छ । उनि अभिनित चलचित्र ‘कबिर सिंह’ले बक्स अफिसमा तहल्का त मच्चाइरहेकै छ साथमा साहिदको अभिनयको तारिफ निकै भएको छ ।
असार २० गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रको प्राविधिक काम बाँकी रहेकाले तोकिएको मितिमा रिलिज गर्न नसकेको निर्माण पक्षले बताएको छ ।
नेपाली मूलका बलिउडका ख्याति प्राप्त गायक उदित नारायण झाका सुपुत्र गायक, अभिनेता आदित्य नारायण झा कन्सर्टका लागि नेपाल आउने खबरले उनका फ्यानहरू माझ निकै उत्सुकता बढेको छ ।
अभयाले भर्खरै 'द भ्वाइस' को विषयलाई लिएर एउटा भिडियो सार्वजनिक गरेकी छिन् । उनले भ्वाइसले आफूमाथि लगाएको आरोप गलत भएको भनी खण्डन गरेकी छिन् ।
बाल कलाकार अनुभव रेग्मी प्रेमको भूमिकामा छानिएका छन् । अनुभवले प्रेमको बच्चा बेलाको भूमिका निभाउने निर्माता तथा निर्देशक सन्तोष सेनले बताएका छन् ।
साम्राज्ञी आफ्नो परिवारसँग समय बिताइरहेकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा परिवारसँग समय बिताइरहेको भन्दै स्विमिङ गर्दै गरेको तस्बिर पोस्ट गरेकी छिन् ।
नयॉ रङ्ग जोड्ने क्रममा सातौँ रङ्गको रूपमा सोमबार हास्य कलाकार जितु नेपाल (मुन्द्रे)लाई स्वागत गरेको ग्रिष्मा ब्रोडकाष्टिङका निर्देशक ग्रिहेन्द्र घिमिरेले सार्वजनिक गरेका छन् ।