असोज ३ गते प्रदर्शनमा आउने, रियल लाईफ जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित चलचित्र ‘घामड शेरे’ को सुटिङ प्याकअप भएको छ । एक महिमा अघि सुरु भएको छायाङ्कन सक्काएर टिम बुधवार राजधानी फर्केको छ ।
कात्तिक ८ गते दिपावलीको अवसर पारेर प्रदर्शनमा ल्याउने भनिएको चलचित्र 'पोइ पर्यो काले'को छायाङ्कन सुरु भएको छ । आकाश श्रेष्ठ र पूजा शर्माले एकसाथ अभिनय गरेको गरेको यो तेस्रो चलचित्र हो ।
नेपालमा बिग बोसको संस्करण “बिग बोस नेपाल” सञ्चालन गर्न रोक लगाउदै आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीको नाममा सूचना जारी गरेको छ । एंडेमोल शाइन इन्डियाले आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रेसन प्रा .लि . र आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीसँग सहकार्यको खबरलाई नकारेको छ ।
सुष्मा राईको स्वर तथा शब्द रहेको गीत 'सुन माया'को भिडियो सार्वजनिक भएको छ । कल्याण सिंहको कम्पोजिसन रहेको गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन् ।
बलिउड चलचित्र ‘केजीएफ’ च्याप्टर १ को अपार सफलतापछी यसका मेकर्सले 'केजिएफ च्याप्टर २' को निर्माण गर्ने भएका छन् । नविन कुमार गोदा उर्फ यश स्टारर 'केजिएफ'ले बक्साफिसमा बम्पर कमाइ गरेपछी च्याप्टर २ को लागी ठुलो योजना सहित टिम अघि बढेको हो ।
डिसन सुरु नहुँदै चलचित्रमा चर्चित मोडल अञ्जली अधिकारी छानिएको हल्ला सुनिन थालेको छ । 'बोल माया' बोलको भिडियोबाट चर्चामा आएकी उनी अभिनीत नयाँ भिडियो 'गलबन्दी' अहिले युट्युबको ट्रेन्डिङमा छ ।
नौँ वर्ष अघि निर्माण भएको चलचित्र 'दासढुङ्गा'को भाग २ निर्माण हुने भएको छ । 'दासढुङ्गा च्याप्टर २' नाममा बन्ने नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’का तात्कालिन महासचिव मदन भण्डारीको मृत्युमा आधारित यस चलचित्रको लेखन र निर्देशन भने कुमार भट्टराईले गर्नेछन् ।
शोभित बस्नेतको निर्देशनमा बनिरहेको चलचित्र ‘बद्रीबहादुर’ को यतिबेला छायाङ्कन भैरहेको छ । सलोन बस्नेतलाई मुख्य भूमिकामा पहिलो पटक कास्ट गरिएको यस चलचित्रको एउटा गीतमा नायिका पुजा शर्मा र सलोनलाई फिचर्ड गराइएको छ ।
काठमाण्डौको मुटु दरबारमार्गमा रहेको 'डि भान' हेयर सलुन तथा स्किन केयरले स्थापनाको दोस्रो वर्ष पुरा गरेको छ ।
चलचित्रको सङ्ख्यालाई भन्दा स्क्रीप्टलाई मान्यता दिने ब्याक टु ब्याक बलिउड ब्लकबस्टर स्टार आयुष्मान खुरानाको नयाँ चलचित्र 'आर्टिकल १५'को टीजर सार्वजनिक भएको छ ।