2083 असार 19, शुक्रबार

दोश्रो हप्तामा पनि हाउसफुल 'जात्रै जात्रा', खुशी साँट्न चलचित्रको टोली पोखरामा

अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको 'चलचित्र जात्रै जात्रा'ले दोश्रो हप्तामा आइपुग्दा पनि राम्रो व्यापार गरिरहेको छ । सनिबार चलचित्र ले काठमाण्डौ लगायत शहरका हलहरुमा दर्शकको चाप राम्रो महशुस गरिरहेको छ ।

चलचित्र 'दुइ रुपैँया' युट्युबमा सार्वजनिक

२०१७मा प्रदर्शनमा आएको चलचित्र 'दुइ रुपैँया' युट्युबमा सार्वजनिक भएको छ । कमेडी/एक्सन जरामा निर्माण भएको चलचित्रलाई असिम शाहले निर्देशन गरेका हुन् भने निश्चल बस्नेतले निर्माण गरेका हुन् ।

सुहाना र झरनाको बिदेश यात्रा, भन्छन् सबै सोज हाउसफुल भैसक्यो (भिडियो)

यही सफल चलचित्रकी निर्देशकका साथमा  नायिका यतिबेला चलचित्रको विदेश प्रदर्शनको लागी युरोप, अमेरिका लगायत देशको यात्रामा छन् ।

बले र कक्रोज भन्छन् नबुझ्नेलाई माया 'क्याल्कुलेटर' (भिडियो )

हाँस्य टेलिशृङ्खला 'भद्रगोल'का मुख्य कलाकारलाई फिचर्ड गरिएको गीत 'क्याल्कुलेटर' को भिडियो सार्वजनिक भएको छ ।

उत्कृष्ट २५ मध्ये को बन्ला 'प्रेमगीत ३'मा प्रदिपको जोडी ?

दर्शक तथा समिक्षकको राम्रो प्रतिकृया पाएको चलचित्र 'प्रेमगीत ' को तेस्रो सिरिज 'प्रेमगीत ३' निर्माण हुँदै छ । प्रदिप खड्काको लगातार तीन सिरिजमा अभिनय रहे पनि चलचित्र निर्माण टोली यतिबेला प्रदिपको अन स्क्रीन जोडी खोजिरहेको छ ।

'आप्पा'को सुटिङमा किन छोरालाई सम्झिए दयाहाङले ? (भिडियो)

दयाहाङ राई स्टारर चलचित्र 'आप्पा'को यतिबेला प्रमोसन सुरु भएको छ । जेठ २४ बाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्रले बाबु छोराको सम्बन्धको कथा भन्ने बताइएको छ ।

राजबहादुर सानेको ‘मन्द मन्द’मा कसिस र नवीन प्रमुख भूमिकामा

राजबहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्र ‘मन्द मन्द’मा कसिस दाहाल र नवीन रेग्मी प्रमुख भूमिकामा देखिने भएका छन् ।  केही समय अघि नै कलाकारहरुमा बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भैसकेका र मुख्य भूमिकाको लागी कलाकार छनौट प्रकृया भैरहेको थियो ।

वर्षाले गरिन् मिलन चाम्सलाई प्रेमिल सम्बोधन

चलचित्र दोश्रो हप्तामा प्रवेश गर्नै लाग्दा चलचित्रकी नायिका वर्षा सिवाकोटीले आफु यस चलचित्रमा जोडिन पाउनु ठुलो कुरा भएको भाव व्यक्त गरेकी छिन् ।

सामतेनको 'च च हुई' हङकङमा खिचिँदै

चलचित्र निर्देशकको रुपमा राम्रो नाम बनाउन सफल निर्देशक हुन् सामतेन भुटिया । चलचित्र ‘लेटर’बाट नेपाली चलचित्रमा निर्देशकको रुपमा डेब्यु गरेका सामतेनले पछिल्लो समय चलचित्र 'च च हुई' लिएर आएका छन् ।

सुरु भयो 'छ माया छपक्कै' को छायाङ्कन

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्र 'छ माया छपक्कै' को छायाङ्कन सुरु भएको छ ।