काठमाडौं बाहिर विभिन्न ६ शहरमा सफलताका साथ अडिसन सकिए पस्चात 'मेची महाकाली ट्यालेन्ट'को काठमाडौं अडिसन यही शनिबार हुने भएको छ । यसअघि यो रियालिटी शोको अडिसन बिर्तामोड, बुटवल, हेटौंडा, नारायणगढ, पोखरा लगायतका स्थानमा भइसकेको छ । काठमाडौं अडिसन भने मिनभवन स्थित एभ्रेस्ट फिल्म एकेडेमीमा बिहान १० बजे बाट सुरु हुने आयोजक ले जनाएको छ ।
प्रेमगीत, प्रेमगीत २ जस्तो हिट चलचित्र निर्माण गरिसकेका निर्माता सन्तोष सेनले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् ।
फेशन र मोडलिङलाई आफ्नो सोख र करियर बनाउन इच्छुक एसइइ परीक्षा दिएर बसेका विद्धार्थीलाई लक्षित गरि सञ्चालित एसइइ मोडल हन्टको पहिलो संस्करणमा ५० जना प्रतिस्पर्धी ग्राण्ड फिनालेमा भिड्ने भएका छन् ।
रेखा थापाको फिल्म मालिका को एक महिना नपुग्दै छायाँकन सकिएको छ । सुरु गरेको २९ दिनमा फिल्मको सम्पूर्ण छायाँकन सकिएको रेखाले बताइन् । सोमबार सुटिङ सकेर काठमाण्डौं फर्किदै छौं, रेखाले भनिन् ।
कुनै समयकी एक सफल अभिनेत्री हुन् - बिपना थापा । करिब एक दशक बढी भयो बिपना सिनेनगरीबाट गुमनाम छिन् ।
आउँदो असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र वीराङ्गनाको तीन पोस्टर सार्वजनिक भएको छ ।
केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रम बिच औपचारिक निर्माण घोषणा गरिएको चलचित्र प्रसादमा निर्देशन तथा अभिनेता निश्चल बस्नेत अनुबन्धित भएका छन् ।
साउन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म रोमियो एण्ड मुनाको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा रोमियो र मुना अर्थात नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ दुवै छैनन् । किन सार्वजनिक गरियो त यस प्रकारको पोस्टर ?
नायक सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘बाबु कान्छा’को टिजर सार्वजनिक भएको छ ।