भोलि बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाइफ इन एलए’ ले प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको छ l लबिम मलमा राखिएको प्रीमिएरमा कलाकार र पत्रकारहरूको बाक्लो उपस्थित रहेको थियो l
फिल्म ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री भएको छ । झरना थापाको निर्देशन रहने फिल्मलाई नमस्ते इन्टरटेनमेन्ट अमेरिकालाई शो राइट बिक्री गरेको हो ।
सारेगमप लिटिल च्याम्स नेपालकी दोस्रो विजेता बाल गायिका रोशा फुयाँलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ l ‘
‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ बाट गायिका अस्मिता अधिकारीलाई सम्मान गरिने भएको छ l
नायिका पूजा शर्मा प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा उत्रिएकी छिन् l बुद्ध पूर्णिमाको दिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएको बेला आयोजित ध्यान र पूजामा देउवाको बडी ल्यांग्वेजलाई लिएर टाइमटाइलमा टिप्पणी हुनुका साथै देउवाका सहोदर भाइ प्रेमबहादुरको दिवगंत भएको सन्दर्भमा उनी देउवाको बचाउमा उत्रिएकी हुन् l
निर्देशक दिवाकर भट्टराई को निर्देशन रहने फिल्म 'हनी बनी' को छायाङ्कन सुरु भएको छ l
विश्वज्योति हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ ।
टेलिभिजन रियालिटी सो ‘ट्यालेन्ट हन्ट’ निर्माण हुने भएको छ । अडिसन खुल्ला गर्दै शो निर्माण हुने जानकारी गराइएको हो l अडिसनमा भाग लिन चाहनेले १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाइ पठाउनुपर्ने भएको छ ।
अभिनेत्री सुरक्षा पन्त सहभागी हुनको लागि प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा पेरिस तर्फ प्रस्थान गर्दै छिन् l इटाली, बेल्जियम र फ्रान्सको संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘द एइठ् माउन्टेन्स’को प्रिमियरमा भाग लिन उनी पेरिसतर्फ प्रस्थान गर्न लागेकी हुन् ।
फिल्म ‘लाइफ इन एलए’ को गीत सार्वजनिक गरिएको छ l