यो वर्षको सर्वाधिक ग्रस कलेक्सन गर्न सफल चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले प्रदर्शनको सफल ५१औँ दिन पुरा गरेको छ ।
मङ्सिरको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’को गीत सार्वजनिक भएको छ । गीतमा युवापुस्तामाझ चर्चित र्यापर भिटेनले आवाज दिएका छन् ।
कार्यक्रमको दोस्रो दिन प्रदेश नम्बर दुईको वीरगन्जमा आज सम्पन्न भएको छ । कार्यक्रमको दोस्रो दिन नायक राजेश हमाल लगायत कलाकारले आ- आफ्नो प्रस्तुति दिए ।
तेस्रो लिङ्गीको कथा समेटिएको चलचित्र मारुनीको विदेश प्रदर्शनी यात्रा सुरु हुने भएको छ । पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्रले जापानबाट आफ्नो विदेश प्रदर्शन सुरु गर्न लागेको निर्मात्री पुनम गौतमले बताएकी छिन् ।
भक्तपुर भाटभटेनी सुपर मार्केटमा नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाज्ले पहिलो मल्टिप्लेक्स सुरु गरिएको छ ।
आजबाट प्रदर्शनमा आएको चलचित्र ‘घामड शेरे’ले हिजो बिहीबार प्रिमियर सो आयोजना गरेको थियो । भक्तपुरको भाट-भटेनीमा नयाँ खुलेको क्युएफएक्स मल्टीप्लेक्समा पहिलो चलचित्र स्वरूप ‘घामड शेरे’ प्रिमियर गरिएको हो ।
दर्शकलाई खुसी दिँदै सलमान, शाहरुख र आमिर खान एकसाथ आमिरको चलचित्र ‘लाल सिंह चड्ढा’ मा देखिने खबर बाहिरिएको छ ।
शाहीलाई प्रहरीले पुनः पक्राउ गरेको छ । बिहीबार दिउँसो भक्तपुरको राधेराधेमा रहेको भाटभटेनीमा सञ्चालनमा आएको क्यूएफएक्सको नयाँ शाखामा फिल्म ‘घामड शेरे’ हेर्न पुगेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो ।
निर्माण हुन सुरु हुनु अगावै निकै चर्चामा रहेको यस वर्षको प्रतीक्षित चलचित्र 'प्रेम गीत ३' को शुभमुर्हत गरिएको छ। बिहीबार बिहान दक्षिणकाली मन्दिरमा पूजा गर्दै काठमाडौँबाट फिल्मको छायाङ्कन सुरु गरिएको हो।
आज शुक्रवारबाट हलमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । कात्तिक ८ गते नै प्रदर्शनमा आउनु पर्ने चलचित्र 'घामड शेरे' र साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित 'जीवन काँडा कि फूल' प्रदर्शनमा आएका छन् ।