गायक योगेश काजी र गायिका सारिका घिमिरेको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
राजधानी स्थित कुमारी हल बन्द हुने भएको छ । हलको ट्वाइलेट र सिटहरू मर्मत गर्नको लागी हल करिब एक महिनाका लागि बन्द हुन लागेको हो ।
शनिवार उनले चलचित्र ‘घामड शेरे’को पोस्टर र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको फोटो सँगै राखेर पोस्ट गरेका थिए । जसको कारण उनले सार्वजनिक रूपमा आलोचना खेप्नु पर्यो र माफी समेत माग्नु पर्यो ।
सलमानले सन् २०२० को इदमा रिलिज हुने भनिएको चलचित्र ‘राधे’को छायाङ्कन सुरु गरेका छन् । सलमान आफैले सामाजिक सञ्जालबाट चलचित्रको छायाङ्कन सुरु भएको खुलाएका छन् ।
अदितिले आफ्नो प्रेम सम्बन्धको बारेमा सार्वजनिक गरेकी छिन् । उनी भारतीय र्यापर अलिम मोरानीको प्रेममा रमाइरहेको कुरा उनकै सामाजिक सञ्जालबाट स्पष्ट हुन्छ ।
उनी आफ्ना नजिकका साथीसँग व्याचलर पार्टी मनाउन पोखरा पुगेकी छिन् । अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी डिजाइनर सिवांगी लगायत केही निकट साथीका साथ उनी पोखरा पुगेकी हुन्।
शनिवार चलचित्रकी मुख्य नायिका पूजा शर्मा राजधानीको गुण सिनेमामा दर्शकको प्रतिक्रिया लिन पुगेकी थिइन् । चलचित्र हेरेका दर्शकले चलचित्रको कथा बस्तु र समग्रमा चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।
योसँगै २९ कार्तिकमा रिलिज हुने भनिएको चलचित्र 'माछा माछा' को पनि प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । सौगात मल्ल स्टारर यस चलचित्र मङ्सिर २० मा रिलिज हुने भएको छ ।
मुकुन्द भट्ट निर्देशित चलचित्र 'लप्पन छप्पन २' बाट अभिनेता दयाहाङ राई बाहिरिएका छन् । आगामी शिवरात्रीलाई रिलिज मिति तोकिएको चलचित्र बाट दयाहाङ बाहिरिएसँगै अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ अनुबन्धित भएका छन् ।
आगामी कात्तिक २९ गतेबाट अल नेपाल प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र ‘मिस्टर नेपाली’ नेपाल प्रदर्शन अगावै अमेरिकामा प्रिमियर गर्ने तयारी गरिएको छ ।