मिसेस नेपाल इन्टरनेसनल- २०१९ को उपाधि महेन्द्रनगरकी भाविषा कोइराला चटौतले हात पारेकी छिन् । रिबन इन्टरटेनमेन्ट प्रा.लिले विवाहित महिलाका बिच आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगितामा विभिन्न पेसामा आबद्ध ३० विवाहित महिला सहभागी भएका थिए ।
बलिउड अभिनेता सैफ अलि खान अभिनीत चलचित्र ‘लाल कप्तान’को ट्रेलर सार्वजनिक भएको छ ।
पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलबाट यो यात्रा सुरु गरिएको हो । यसै क्रममा आज लिटल एन्जल्स स्कुल पुगेको टिमले विद्यार्थी र सम्पूर्ण स्कुलका सदस्यलाई चलचित्र हेरेर प्रतिक्रिया दिन आह्वान गरे ।
साम्तेन भुटियाको निर्देशनमा निर्माण हुने चलचित्र ‘धुपौरे’ मा अहिलेका युवा स्टार अनमोल केसी फाइनल भएका छन् । ‘त्यान्द्रो’ फेम्ड निर्देशक साम्तेनको नयाँ चलचित्रमा काम गर्न उनले सम्झौता गरिसकेका छन् ।
चलचित्र 'छक्का पन्जा २' हलमा रिलिज भएको लामो समयसम्म पनि इन्टरनेटमा रिलिज नगरिँदा विभिन्न कारण बस हलमा हेर्न जान छुटेका दर्शकले निकै गुनासो गरिरहेका थिए ।
अंकितले आफू पढेको विद्यालय भ्रमण गरेका छन् । सोमबार काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा चलचित्र युनिटसँग पुगेका अंकितले विद्यार्थीसँग अन्तरक्रिया गरे ।
निर्माता तथा कलाकार दीपकराज गिरीले 'छक्का पन्जा २' सोमबार राति ८:३० बजे युट्युबबाट रिलिज गरिने जानकारी दिएका छन् ।
हिमाल सागर र स्मिता ढकालको आवाज रहेको गीत 'कल्लाई था छैन' सार्वजनिक भएको छ । यादब लम्सालको शब्द रहेको गीतमा अर्जुन पोख्रेलले सङ्गीत भरेका छन् भने एरेन्ज पनि उनले नै गरेका हुन् ।
शिव शर्माले निर्देशन गरेको चलचित्र ‘काले दाइ' को गीत ‘यो दुनियाँ मेरो लागि’ सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा ‘नेपाल आइडल’ पहिलो सिजनका प्रतिस्पर्धी सुरज थापाले स्वर भरेका छन् ।
टेकन दाहालको एकल स्वरमा ‘कालो कोठी’ बोलको गीत सार्वजनिक भएको छ । प्रेम पाण्डे(अनुपम)को शब्द तथा सङ्गीत रहेको गीत आइतबार युट्युव मार्फत सार्वजनिक भएको हो ।