चलचित्र ‘रणवीर’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौँ आयोजित कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो ।
आज शुक्रवार सिनेमा हलमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । जसमा चौका दाउ र भिलेन एकसाथ रिलिज भएको हो ।
पछिल्लो समय सार्वजनिक गीत ’तिरिमिरी तिरिमिरी तिन तारा’ मार्फत चर्चामा रहेको फिल्म ’रणवीर’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सुशीललाई दुइ डेब्यु गर्ल सुबेक्षा खड्का र सुपुस्पासँगको माया र मित्रतासँगै मित्रताको भावमा देख्न सकिन्छ । सार्वजनिक पोस्टरमा फिल्मका लिड कलाकारहरु सुशील सिटौला , प्रशान्त ताम्राकार , सुबेक्षा खड्का , सुपुस्पा भट्टलाई फिचर्ड गरिएको छ ।
पछिल्लो समयका व्यस्त कलाकार भित्र पर्छन् नायक पुष्पल खड्का । गत बर्ष ‘मंगलम’ रिलिज पश्चात पुष्पल एकपछि अर्को चलचित्रमा अनुबन्धित भएका हुन् । हालै पुष्पलको नयाँ चलचित्र ‘दाल भात तरकारी’को छायाँकन सकिएको छ ।
अनुपबिक्रम शाही स्टारर फिल्म 'पुरानो बुलेट' चैत्र १ गतेबाट नेपालमा सार्वजनिक प्रदर्शनमा आउँदैछ । हाल पोष्ट प्रोडक्सनमा रहेको फिल्म नेपाल पहिले विदेशमा प्रदर्शन हुने पक्का भएको छ । निर्माण टिमले हङकङमा फिल्मको पहिलो प्रदर्शनी हुने बताएको छ ।
माघ २५ बाट प्रदर्शनमा आउने चलचित्र 'समर लभ' को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ३ मिनेट लामो ट्रेलरमा अतित र सायाबीचको प्रेमसँगै समयक्रममा उत्पन्न हुने परिस्थिती, मिलन विछोडको अनेकन संयोगहरु जोडिएका छन् ।
नायक पल शाह र डेब्यु नायिका श्रद्धा छेत्रीको मुख्य भूमिका रहने गरी चलचित्र ’हृदय भरी’को औपचारिक घोषणा गरिएको छ । चलचित्रमा सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशन रहने छ ।
आगामी ४ माघमा देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘गरुड पुराण’मा अभिनेता कर्मा शाक्यलाई दुई फरक भूमिकामा हेर्न पाईने भएको छ । नायकको रुपमा युवा भूमिका निर्वाह गरेका उनी पौढ भूमिका पनि यो फिल्ममा भएको निर्माण पक्षले खुलासा गरेको छ ।
अमेरिकामा हालै सम्पन्न भएका ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा अभिनेत्री निता ढुुगांनाले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । गतबर्ष रिलिज भएको चलचित्र पञ्चायतबाट उनले अवार्ड हात पारेकी हुन् । व्यावसायिक रूपमा सफल हुन नसकेको चलचित्रबाट निताले नेपाल तथा विदेशमा आयोजना हुने कार्यक्रमबाट अधिकांश अवार्ड हात पारेकी छिन् । केही दिन पहिले अमेरिकाको कोलोराडोमा सम्पन्न ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘पञ्चायत’बाट ‘एक्टर अफ द इयर फिमेल’ अवार्ड दिएको हो ।
नेपाली सिनेमा नगरीको हटकेक हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । डेव्यु चलचित्रबाट नै साम्राज्ञीको बोल्डनेस, अभिनय र बोलीको निकै चर्चा भयो । हालसम्म हेर्ने हो भने साम्राज्ञी अभिनित प्राय चलचित्र सफल छन् ।