अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘गोपी’को ट्रेलर रिलिज भएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । माघ १८ गते रिलिजको
चलचित्र ‘लिलीबिली’बाट चर्चामा रहेको जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित नयाँ चलचित्र ‘लभ स्टेसन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । निर्माण पक्षको अनुसार चलचित्र चैत्र १ गतेबाट अल नेपाल रिलिज हुने भएको हो। यसअघि फागुनमा रिलिज हुने भनिएको चलचित्र प्राविधिक कारणले गर्दा चैत्रमा सरेको हो । हाल सम्पादनको अन्तिम चरणमा रहेको लभ स्टेशनको अर्को साताबाट स्वराँकन सुरु हुने पनि उनले बताए । चलचित्रको दुई ओटा गीत तयार छ भने दुई गीतको छायाँकन चाँडै नै गरिनेछ ।
चलचित्रमा फिट मानिएको जोडी दयाहाङ राई र दिया पुनको जोडी पुनः एकपल्ट एकसाथ देख्न पाइने भएको छ । अब यो जोडी आगामी नयाँ वर्ष २०७६ जेष्ठ १० मा रिलिज हुन लागेको ‘दयारानी’मा देखिने भएका छन्
बलिउड अभिनेत्री कंगना रनावत अभिनित चलचित्र ‘मणिकर्णिका’को ट्रेलर रिलिज भएको छ । १६१ बर्ष पुरानो झांसीकी रानी लक्ष्मीबाईको कथामा बनेको मणिकर्णिकाको ट्रेलरमा कंगना लक्ष्मीबाईको भूमिकामा देखिएकी छिन् ।
दुई वर्षअघि निर्माण घोषणा गरिएको चलचित्र ‘अनागत’को टिजर सार्वजनिक भएको छ । अभिनेता अर्पण थापा र अभिनेत्री प्रियङ्का कार्कीको मुख्य भूमिका रहेको चलचित्रको टिजरसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको हो ।
नायक नाजिर हुसेन र नायिका शिल्पा मास्केको मुख्य भूमिका रहेको ‘कागजपत्र’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ ।
‘छक्का पन्जा, छक्का पन्जा २ र छक्का पन्जा ३’ निर्देशन गरेर चर्चामा रहेकी निर्देशक दिपाश्री निरौला यति बेला आइटम डान्स गर्दैमा व्यस्त छिन् । आइतबार बालाजु स्थिती एनफडिसी पुग्दा दिपाश्री ‘भट्टीको साहुनी’ रुपमा थिइन् ।
आइतबार मुम्बईमा ‘स्टार स्किृन अवार्ड’ आयोजना भएको थियो । जहाँ बलिउडका दर्जनौँ कलाकारको उपस्थिति रहेको थियो ।
सुपर हिट चलचित्र ‘जात्रै जात्रा’ले आफ्नो प्रदर्शन मिति पोसपोण्ड गरेको छ । चलचित्रका मुख्य अभिनेता विपिन कार्की केही समयअघि सवारी दुर्घटनामा परेका थिए । उनको स्वास्थ्य स्थितिमा सुधार नआएपछि निर्माण टिमले चलचित्रको रिलिज मिति सारेको हो ।
नेपाल आइडल सिजन–२मा शीर्ष ४मा रहेका विक्रम बरालको आवाजमा रहेको चलचित्र ‘प्रसाद’को गीत रिलिज भएको छ । प्रसाद यति बेला दोस्रो सातामा सफलताको साथ चलिरहेको छ ।