कमलपोखरी स्थित बिग मुभिजमा आगलागी भएको छ । बिधुतिय सामाग्री सर्ट भएर उक्त आगलागी भएको संचालकले बताएका छन् । घटनालाई केहि समयमा नै नियन्त्रणमा लिईएको थियो ।
चलचित्र 'ए मेरो हजुर २'को ‘कसम हो' बोलको गीत सार्बजनिक भए संगै नेपाली चलचित्र बजारमा एउटा तरंग नै उत्पन्न भयो । उक्त गीतको दृश्य, नव नायक सलिन मान बनियाँको उपस्थिति, नायिका साम्रगी राज्यलक्ष्मीको हट अबतार लगायतका कारणले गीतले २४ घण्टामा सबै भन्दा बढी हेरिने कृतिमान नै बनायो ।
मोफसलका बिभिन्न ११ सहरमा चलचित्र 'प्रेम गीत २'को 'लभ जर्नी विथ प्रेम गीत २' बाट राम्रो प्रतिक्रिया बटुल्दै चलचित्र युनिट काठमाडौँ आएको छ । दमौली, नेपालगन्ज, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, झापा, धरान, इटहरी गरी ११ सहरका बिभिन्न स्थानमा कार्यक्रम गरिएको थियो ।
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'धनपति'ले दर्शकबाट राम्रो प्रतिक्रिया संगै व्यापारिक हिसाबले पनि उत्कृष्ट सुरुवात गरेको छ । चलचित्रको निर्माण पक्षका अनुसार चलचित्रले शुक्रबार ४५ लाख र शनिबार ७५ लाखको व्यापार गरेको छ ।
तीजलाई लक्षित गर्दै गायिका सिन्धु मल्लले झन्डै ५ बर्षपछी तयार पारेको गीतको भिडियोमा अभिनेत्री वर्षा राउत र वर्षा शिवाकोटी देखिएका छन्। सञ्चारकर्मी तथा निर्देशक सुव्रत आचार्यले दुई वर्षालाई पहिलो पटकसंगै अभिनय गराएका हुन् ।
जीवनका आयामहरुलाई दृश्यमा रुपान्तरण गरेर कलात्म ढंगबाट प्रस्तुत गर्नु सिनेमाको पहिलो खुबि हो । विश्व इतिहासमा १८९० को दशकमा सिनेमाको सुरुवात भएको पाइए पनि नेपालमा भने झण्डै ६ दशक पुग्यो सिनेमाको सुरुवात भएको । सिनेमाको सुरुवातसंगै यसले प्रस्तुत गर्ने दृश्यहरुमा मानिसले आफ्नो जिवनका छायाँहरु खोज्न था
चलचित्र पत्रकारको साथै चलचित्र ब्ल्याक डायरीका लेखक सविन शाक्यले आत्महत्या गरेका छन् । शुक्रबार साँझ शाक्यले करिब ५ बजे आफ्नो कोठामा पासो लगाएर आत्माहत्या गरेका थिए ।
शुक्रवारबाट चलचित्र धनपति प्रदर्शन भएको छ । दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र प्रदर्शन हुनु एक दिन अगाडी बिहीबार प्रिमियर सो आयोजना गरिएको थियो । चलचित्रले प्रिमियरबाट राम्रो प्रतिक्रिया बटुले संगै शुक्रबारे ब्यापार पनि निकै उत्साहजनक गरेको छ ।
बलिउडका चर्चित कलाकार सैयाजि सिन्दे यतिबेला नेपालमा छन् । उनि बुधबारमात्र नेपाल आएका थिए । सिन्दे नेपाल घुम्न भन्दा पनि चलचित्र ‘कमिटमेन्ट’को सुटिङमा व्यस्त छन् । उनि अभिनेता निखिल उप्रेतीको निर्देशनमा बन्दै गरेको चलचित्र ‘कमिटमेन्ट’को सुटिङको लागी नेपाल आएका हुन् ।
बिहिबार हेटौडामा ‘नवौ डी सिने अवार्ड’ सम्पन्न भएको छ । हेटौडाको ओम्यक्स सिनेमा हलमा अवार्ड कार्यक्रम आयोजना गरिएको थियो । ‘छायाँछवी क्रिएशन’ ले हरेक बर्ष आयोजना गर्दै आइरहेको अवार्डमा गत बर्षको सुपरहिट चलचित्र ‘छक्का पन्जा’ले ११ विधामा अवार्ड हात पारेको छ ।