यही असार २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘धनपति’ युट्युबमा रिलिज नहुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जाल युट्युबको क्रेज बढ्दै गइरहेको अवस्थामा चलचित्र धनपति भने युट्युबमा रिलिज नगर्ने निर्माण पक्षले जनाएको छ ।
नेपाली चलचित्र ‘वीराङ्गना’को शुभमुर्हत गरिएको छ । काठमाडौँमा आइतबार एक कार्यक्रम बिच चलचित्रको शुभमुर्हत गरिएको थियो ।
गायक बिनय केटुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । करिब एक दशक देखि नेपाली गीतसंगीतमा सक्रिय गायक केटुले हालै ‘गाजलु’ बोलको म्युजिक भिडियो बजारमा ल्याएका हुन् । आरोही–२ एल्बममा समावेश ‘गाजलु’ गीतमा शब्द विजय थापाको रहेको छ भने सङ्गीत गायक स्वंयमको रहेको छ ।
चलचित्र 'हाउ फन्नी'कि निर्देशक निलु डोल्मा शेर्पाको निधन भएको छ । उनको हृदयघातका कारण आज बिहान निधन भएको उनको निकट श्रोतले जनाएको छ ।
चलचित्र ‘संरक्षण’को पहिलो आइटम गीत सार्वजनिक भएको छ । ‘किशोरी लाल’ बोलको उक्त गीत शुक्रवार युट्युब मार्फत सार्वजनिक भएको थियो । मधेस आन्दोलनलाई केन्द्रित बनाएर तयार भएको चलचित्र ‘संरक्षण’मा भोजपुरी आइट गीत समावेश गरिएको छ ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक आकश श्रेष्ठ अभिनित चलचित्र ‘तिमीसँग’को पहिलो गीत सार्वजनिक भएको छ । ‘लडे लडे..समाउ मलाई’ बोलको उक्त गीत शुक्रवार साझ युट्युब मार्फत सार्वजनिक भएको थियो ।
हास्यकलाकार कुञ्जना घिमिरे (सुन्तली)को आज जन्मदिन । उनले आफ्नो जन्मदिन मुसहर बालबालिकाको साथमा मनाएकी छिन् । महोत्तरी बर्दिबासमा रहेका मुसहर बालबालिकालाई टिफिन बक्स वितरण गरेर जन्म दिन मनाएकी हुन् ।
गायक सुनिल गिरीको आवाजमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयको अन्तराल पनि गायक गिरीले आफ्नै स्वर, शब् तथा सङ्गीतमा रहेको गीत बजारमा ल्याएका हुन् । ‘घरवाली’ बोलको उक्त गीतलाई एरेन्ज भने अल्मोडा राना उप्रेतीले गरेका छन् ।
नेपाली सिनेमाका लोकप्रिय अभिनेता राजेश हमालको हातमा अहिले खासै चलचित्रहरु छैनन् । उनी यति बेला आफ्नो श्रीमतीसँग आफ्ना फुर्सदिलो दिनहरू बिताइरहेका छन् ।
कलाकार कुञ्जना घिमिरे उर्फ सुन्तिलीको आज जन्मदिन । कलाकार सीताराम कट्टेल धुर्मुसले भावुक हुँदै आफ्नो फेसबुक मार्फत शुभकामना व्यक्त गरेका छन् ।