2083 बैशाख 20, आईतबार

कबड्डी ३’ले गर्‍यो क्रिकेट रङ्गशाला निर्माणमा ३ लाख सहयोग

‘कबड्डी कबड्डी कबड्डी’ले चितवनको भरतपुरमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणमा सहयोगार्थ तीन लाख सहयोग गरेको छ । ‘धुर्मुस सुन्तली फाउन्डेसन’का अध्यक्ष तथा कलाकार सिताराम कट्टेललाई आइतबार  चलचित्रका अभिनेता दयाहाङ राई र विल्सन विक्रम राईले चेक हस्तान्तरण गरे ।

प्रियंकाको वेब सिरिज 'जस्ट अनोदर लभ स्टोरी' रिलिज(भिडियो)

नायिका प्रियंका कार्कीले निर्देशकको रूपमा डेब्यु गरेको वेब सिरिज  'जस्ट अनोदर लभ स्टोरी' इन्टरनेट रिलिज भएको छ ।

ह्योल्मो चलचित्र “मेतोक’को गीत ‘ह्योल्मो युल्ला’ रिलिज(भिडियो)

ह्योल्मो भाषाको चलचित्र “मेतोक’ को दोस्रो गीत ‘ह्योल्मो युल्ला’ सार्वजनिक भएको छ ।

दर्शकलाई मन पर्‍यो 'पासवर्ड', भिलेन अनुपले पाए तारिफ(भिडियो)

चलचित्र हेरेका अधिकांश दर्शकले चलचित्र राम्रो भनेका छन् । दर्शकले विशेषतः खलनायकको भूमिका निभाएका अनुपविक्रम शाहीको अभिनय मन पराएका छन् ।

गीत रिलिज: 'बुढो हुन मन छैन' भन्दै आकाश र नवराज(भिडियो)

एरिक गिरीको गीत 'बुढो हुन मन छैन' सार्वजनिक भएको छ । शुक्रवार युट्युबमा सार्वजनिक भएको गीतले ढल्किँदै जाने जवानी र यस प्रतिको प्रेमको भाव बोकेको छ ।

यस्तो बन्यो ‘रातो टिका निधारमा’को शीर्ष गीत(भिडियो)

अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टिका निधारमा’को शीर्ष गीत शुक्रवार रिलिज गरिएको छ । असोज १० मा दशैको अवसर पारेर प्रदर्शनमा आउने चलचित्रको राजेश हमाल र करिश्मा मानन्धर स्टारर सिनेमा ‘अल्लारे’मा समावेश गीत ‘रातो टिका निधारमा टलक्क टल्कियो’लाई रि-एरेन्ज गरिएको गीत इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

पहिलो केबिसी विजेतालाई चेक हस्तान्तरण,विवादबारे के भन्छन् राजेश?(भिडियो)

फ्रेन्चाइज सो ‘को बन्छ करोडपति’को जारी सिजन वानको ४१ औँ श्रृखंलामा विराटनगरका राजीव जैनलाई चार महिना अघि जितेको एक करोडको चेक बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरियो ।

सन्नी भन्छिन्, 'नेपाली फिल्ममा काम गर्ने मन छ '(भिडियो)

बिहीबार साँझ नेपाल आइपुगेकी सन्नीले बिहीबार नै आयोजित प्रिमियरमा सहभागी भइन भने चलचित्रको बारेमा अन्तर्क्रिया समेत गरिन् ।

‘प्रेम संसार’को पहिलो गीत ‘सुनैना सुनैना' रिलिज (भिडियो)

आगामी मङ्सिर १३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रेम संसार’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो ।

आँचलसँगै कार्टुन क्रुको प्रेम 'एक कान दुई कान मैदान'(भिडियो)

आशिष सचिन गौतम र मेलिना राईको स्वर रहेको गीत ‘एकान दुई कान मैदान’ सार्वजनिक भएको छ । हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भीम बिसीको सङ्गीत रहेको छ ।