आज बाट सिनेमा हलमा एक नेपाली फिल्म , दुई बलिउड र एक हलिउड फिल्म रिलिजमा आएका छन् l सौगात मल्ल र दिया पुन स्टारर फिल्म ‘मन्त्र’, अजय देवगण र अमिताभ बच्चन स्टारर बलिउड फिल्म ‘रनवे ३४’, बलिउडकै टाइगर श्राफ र नवाजुद्दिन सिद्धिकी अभिनीत ‘हिरोपन्ती २’ र हलिउडको ‘ब्याड गाइज’ आज बाट प्रदर्शनमा आएको हो l
फिल्म ‘वर एन्ड वधू’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एन्ट्री भएको छ ।
हलिउडको फिल्म अवतारको दोस्रो भागको रिलिज मिति घोषणा गरिएको छ । ‘अवतार: द वे अफ वाटर’ लाई १६ डिसेम्बरमा विश्वभरका सिनेमा घरमा रिलिज गर्ने फिल्मका निर्माता जेम्स क्यामरुनले जानकारी गराएका हुन् l
गायक एवं सङ्गीतकार देवराज आले मगर को आवाजमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।
फिल्म ‘आँधि तुफान २’को पोस्टरसहित रिलिज मिति घोषणा गरिएको छ । आगामी श्रावण २० गतेलाई रिलिज मिती तोक्दै निर्माण टिमले पोस्टर सार्वजनिक गरेका हुन् l
फिल्म ‘लाइफ इन एलए’ को ट्रेलर सार्वजनिक गरिएको छ l सार्वजनिक गरिएको ट्रेलरमा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ
‘कबड्डी ४’को ट्रेलर सार्वजनिक भएको छ । ‘कबड्डी ४’को ट्रेलर सार्वजनिक भएको छ ।
कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ले ९०० करोड भारुको आँकडा पार गरेको छ ।
फिल्म ‘मायाको माया’को शुभ साइत गरिएको छ ।
फिल्म ‘लुट’को तेस्रो सिक्वेल निर्माण हुने भएको छ ।