चलचित्र ‘प्रेम पूजा’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । महाशिव रात्रिको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । चलचित्र सस्पेन्स जनरामा निर्माण हुने चलचित्रको थिम पोस्टरबाट स्पष्ट हुन्छ ।
शुक्रवार एका बिहानै दर्जनौँ ट्याक्सी चालक हलमा चलचित्र हेर्न पुगेका छन् । बिहानै राजधानीको जय नेपाल हलमा पुगी आफैँ टिकट काटेर उनीहरूले 'सेन्टी भाइरस' हेरेका थिए ।
आज शुक्रवार नेपाली हलहरूमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । लामो समयको व्यापारिक शून्यतालाई चलायमान बनाउने आशा सहित दर्शकले प्रतीक्षा गरेका चलचित्र 'सेन्टी भाइरस' र 'आमा' प्रदर्शनमा आएका हुन् ।
बलिउड चलचित्र ‘तेजस’बाट अभिनेत्री कङ्गना रनावतको लुक सार्वजनिक भएको छ । सार्वजनिक लुकमा कङ्गना एयर फोर्स पाइलटको भूमिका निभाएको देख्न सकिन्छ ।
शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘आमा’ विशेष घोषणा गरेको छ । निर्माण पक्षले घोषणा गरे अनुसार काठमाडौँका केही हलहरूमा आफ्नी आमासँग चलचित्र हेर्न गएमा आमालाई फ्रीमा टिकट प्रदान गरिने भएको छ ।
पहिलो कमेडी च्याम्पियन घोषणा हुन केही समय मात्र बाँकी हुँदा यसै शोका निर्माता निर्देशकले अर्को कमेडी रियालिटी शोको निर्माण गर्ने तयारीमा लागेको छ ।
नायिका सुरक्षा पन्तको आज जन्मदिन परेको छ । चलचित्र 'अझै पनि' बाट नेपाली फिल्म इन्डस्ट्रीमा प्रवेश गरेकी सुरक्षाले उनी अभिनीत चलचित्र 'आमा' प्रदर्शनको सँघारमा आफ्नो जन्मदिन मनाउँदै छिन् ।
यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र 'सेन्टी भाइरस' को तेस्रो गीत सार्वजनिक भएको छ । बुधवार चलचित्रको स्याड भर्जन गीत ‘ए नि लै’ सार्वजनिक गरिएको हो ।
शुक्रवार देखि प्रदर्शन हुने दुई नेपाली चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’को टिकट बुकिङ खुल्ला गरिएको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनलाई राजधानीको शंखमुल स्थित 'अवेरनेस इन्टरनेशनल एकेडेमी' (एआइए)ले सहयोग हस्तान्तरण गरेको छ ।