चलचित्र ए मेरो हजुर २ को नयाँ गीत सार्वजनिक भएको छ । उकालीमा जाँदा जाँदै बोलको गीतमा बसन्त सापकोटाको संगीत तथा राजेश पायल राई र ईन्दिरा जोशीको स्वर छ । शब्द पनि संगीतकार सापकोटाकै छ ।
नायिका निशा अधिकारीले आफू विरुद्ध समाचार लेख्ने सञ्चारमाध्यमलाई कारबाही गर्न प्रेस काउन्सिलमा उजुरी दर्ता गरेकी छन् ।
चलचित्र 'ग्याङस्टार ब्लुज'को प्रिमियर सो सम्पन्न भएको छ । हेमराज बिसिको निर्देशनमा बनेको चलचित्रको बुधबार चाबाहिल स्थित केल टावरमा प्रिमियर सो गरिएको थियो ।
चलचित्र पत्रकार संघ नेपालले बाढी प्रभावित क्षेत्रमा घाइते भएकालाई सहयोग गर्नको लागी रगत संकलन गरेको छ । बुधबार काठमाडौँमा चलचित्र पत्रकार संघ नेपालले रत्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा २ सय जना भन्दा बढिको उपस्थिति रहेको थियो ।
सभासद समेत रहेकी सिन्धु जलेशा बुढाथोकीले तिजको अवसर पारेर नयाँ तिज गीत बजारमा ल्याएकी छिन् । सिन्धु आफ्नै शब्द र स्वरमा रहेको उक्त गीत बुधबार राजधानीमा आयोजना भएको एक कार्यक्रम बिच सार्वजनिक गरेकी थिइन् । एमाले नेता प्रदीप ज्ञावलीको प्रमुख आतिथ्यमा उक्त गीतको भिडियो सार्वजनिक गरिएको थियो ।
एकसमयकी चर्चित बलिउड नायिका हुन् मनिषा कोइराला । नेपालमा सन् १९७० मा जन्मिएकी मनिषाको आज ४७ वर्षमा पुगेकी छिन् । बलिउडमा उनले चलचित्र ‘सौदागर’बाट डेव्यु गरेकी थिइन् । उक्त चलचित्रमा मनिषाले दिलीप कुमार र राज कुमार जस्ता चर्चित कलाकारसँग काम गरेकी थिइन् । मनिषा अभिनित पहिलो चलचित्र हिट भए पछि उनको चर
प्रकाश आङदेम्बे निर्देशित फिल्म ‘देश खोज्दै जाँदा’ मस्टर्डसिड अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा अफिसियल छनौट भई स्क्रिनिङ हुने भएको छ । उक्त फेस्टिवलमा नेपालबाट प्रतिनिधित्व गर्ने एकमात्र नेपाली फिल्म देश खोज्दै जाँदा यही भदौ २८ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदै छ ।
चलचित्र 'भुईँमान्छे'को प्रिमियर सो सम्पन्न भएको छ । मंगलबार काठमान्डौँको बिग मुभिजमा चलचित्रको प्रिमियर सो आयोजना गरिएको थियो । पोस्टमार्टम गर्ने मान्छेको कथामा आधारित रहेको चलचित्रलाई दर्शकले हेरिसके पश्चात मिश्रित प्रतिक्रिया दिएका छन् ।
सुपरस्टार रजनीकान्त अभिनित फिल्म २.० रिलिज अगावै नाफामा गएको छ । फिल्मले रिलिज हुनु अगाडी नै १८० करोड रुपैयाँ कमाएको छ । मेगा बजेटको फिल्म रहेको २.०को स्याटलाईट अधिकार बेचेपछि उक्त रमक पाएको हो । फिल्मको स्याटलाईट अधिकार जी नेटवर्कले किनेको छ। फिल्मको तेलंगाना र आन्ध्र प्रदेशको बितरण अधिकार ‘द ग्लोब
तराईको साथै पुर्वको बिभिन्न स्थान यतिबेला डुवानमा छ । अविरल वर्षा तथा बाढीका कारण जनधनको बढ्दो क्षतिसँगै न्यानो लुगा, खानलाई पानी, औषधि, र बस्नका लागि स्थानको पनि कमि हुँदै गइरहेको अवस्थालाई मध्यनजर गरी चलचित्र निर्माण कम्पनिहरू जि टु वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सले आफ्नो सहयोगको हात अगाडि बढ