‘सूर्य इन्टरनेशनल अवार्ड’को दोस्रो संस्करण जापानको टोकियोमा सम्पन्न भएको छ । दोस्रो संस्करणको अवार्डका लागि नेपालबाट दर्जनौँ कलाकार र पत्रकार जापान पुगेका थिए ।
निकेश खड्काको निर्देशनमा बन्ने चलचित्र ‘चपली हाइट ३’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माता अर्जुन कुमारले चलचित्रका आगामी चैत २८ गते प्रदर्शन हुने जानकारी दिएका छन् ।
नेपाली लोक तथा दोहोरी गीत प्रतिष्ठानको निर्वाचनमा रमेश विजी अध्यक्षमा चुनिएका छन् । आफ्ना प्रतिद्वन्द्वी विष्णु खत्रीलाई मात्र ३९ मत अन्तरले हराउँदै विजी प्रतिष्ठानको सातौँ अध्यक्षको रूपमा चुनिएका हुन् ।
यसैबिच चलचित्रमा दक्षिण भारतीय स्टार एनटिआर जुनियरले काम गर्न अस्वीकार गरेको खबर सार्वजनिक भएको छ । चलचित्रमा उनलाई एनटिआरका हजुरबुबा एनटी रामा रावको भूमिकाका लागि प्रस्ताव गरिएको थियो ।
गीतको रिमिक्सलाई दर्शकहरूले मन पराइरहेको भएता पनि अभिनेता गोविन्दालाई मन परेको छैन ।
विद्या तिवारी र सुमन केसीको आवाजमा रहेको 'भिडमा पनि' बोलको गीतमा पल र स्मृति श्रेष्ठ फिचर्ड रहेका छन्।
गायक ईश्वर पोखरेल र मेलिना राईको स्वर रहेको गीत ‘२४ घण्टै’ सार्वजनिक भएको छ ।
ॠतिक रोशन स्टारर बलिउड चलचित्र 'सुपर ३०' ले भारतीय बक्स अफिसमा व्यापारिक सफलता पाएसँगै चलचित्रको सिक्वेल बन्ने भएको छ ।
आधुनिक गीत सङ्गीतमा रुचाइएकी गायिका मेलिना राईले स्वर दिएको लोक दोहोरी गीत “बनैमा अमला” सार्वजनिक भएको छ ।
अभिनेता बिराज भट्टले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘साङ्लो’ माघ २४ गतेबाट देशैभर प्रदर्शन हुने तय भएको छ ।