गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
चलचित्र ‘सरौतो’को गीत 'यो जुनी' सार्वजनिक भएको छ । यही मङ्सिर १३ प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक गीतमा श्रेया सोताङ र कमल खत्रीको स्वर रहेको छ भने शब्द र सङ्गीत कमल खत्रीकै रहेको छ ।
मङ्सिर २० गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘माया पिरिम’ को ट्रेलर सार्वजनिक भएको छ । टेक पौरखी राईले निर्देशन गरेको चलचित्रको ट्रेलर शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।
विश्वको सबैभन्दा ठुलो सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’मा यो वर्ष ‘मिस नेपाल २०१९’ अनुश्का श्रेष्ठले नेपाललाई प्रतिनिधित्व गर्दै छिन् ।
भारतका वरिष्ठ सङ्गीतकार अनु मलिकलाई यौन शोषणको आरोप लागेको छ । यौन शोषण विरुद्धको मिटु मुभमेन्टको चर्चा सँगै विश्व भरबाट लोकप्रिय कलाकार देखी समाजमा गिने चुनेका व्यक्तिहरूले गरेको यौन शोषणको पर्दा खुल्दै आएको छ ।
चलचित्र ‘झिंगेदाउ’को छायाङ्कन सुरु भएको छ । आँचल शर्मा र मुकुन भुसालको मुख्य भूमिका रहेको चलचित्र खोटाङको हलेशीबाट छायाङ्कन सुरु गरिएको हो ।
आज शुक्रवारबाट आर्यन सिग्देल स्टारर चलचित्र 'च च हुई' प्रदर्शनमा आएको छ । नेपाली चलचित्रलाई दर्शकको खडेरी लगेको बेला धेरै आशा र भरोसा बोकेर साम्तेन भुटिया निर्देशित यस चलचित्रले सोलो रिलिजको अवसर पाएको छ ।
रोमान्टिक कमेडी जनरामा बनेको चलचित्रको लागी बुधवार दिउँसोबाट मल्टीप्लेक्सहरुले एडभान्स बुकिङ खुलाएका छन् । ‘च च हुई’ले मल्टीप्लेक्समा सो चे अनुरूप सोज हात पार्न भने सकेको छैन ।
मङ्सिर ९ गतेबाट प्रसारण हुने ‘कमेडी च्याम्पियन’को प्रोमो सार्वजनिक भएको छ । बुधवार सार्वजनिक गरिएको प्रोमोमा हास्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्मा देखिएका छन् ।
बलिउड अभिनेता अजय देवगनको १००औँ चलचित्र ‘तानाजी’को ट्रेलर सार्वजनिक भएसँगै विवादमा तानिएको छ ।