भदौ २३ गते प्रदर्शनमा आएको चलचित्र ‘२ रुपैयाँ’मा समावेश भएको ‘कुटुमा कुटु’ बोलको गीतले युट्युबमा नयाँ रेकर्ड बनाएको छ । ३ करोड माथि दर्शकले हेरिएको उक्त गीतले अहिले सम्म नेपालमा सर्वाधिक हेरिएको गीत बनेको हो ।
आउदो कार्तिक ९ मा रिलिज हुने फिल्म ’ऐश्वर्य’ ले मोफसल टुरको सुरुवात पोखराबाट गरेको छ ।गीत र ट्रेलरले चर्चा पाइरहेको चलचित्र ‘ऐश्वर्य’ टिम मोफसलका सञ्चारकर्मीसँग प्रत्यक्ष साक्षात्कार गर्ने उद्देश्यलेको साथ मोफसल यात्रालाई अगाडी बढाएको निर्माण पक्ष बताउछन् ।
चर्चामा रहेका नायक सलोन बस्नेतको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘रूम नम्बर १०८’ बोलको सार्वजनिक गीतमा सलोन सँगै अर्का नायक आमेष भण्डारीको पनि स्वर रहेको छ ।
‘से नो टु ड्रग्स’ नारा लिएर झापाको शिवसताक्षी ८ स्थित डुुडामारी चोकमा शुक्रवार ‘दोस्रो म्युजिकल इभ लाइभ इन कन्सर्ट’को सम्पन्न भयो । करिब डेढ घण्टाको प्रस्तुति दिएको मन्त्र ब्यान्डले आफ्नो लोकप्रिय गीतहरू ‘तर हुरुरु पानी पर्छ’, ‘रिमझिम रिमझिम झरीमा’, ‘तिम्रै निम्ति’, ‘सपना’, ‘मैले माया लाए’ गाएका थिए
कुनै पनि कलाकारको लागी अवार्डले ठुलो महत्त्व बोकेको हुन्छ । पछिल्ला समय नेपाली चलचित्र क्षेत्रमा कलाकारको सम्मानको निम्ति देश लगायत विदेशमा विभिन्न अवार्ड आयोजना भइरहेका छन् ।
चलचित्र 'ह्याप्पी न्यु ईयर’को शीर्ष गीत सार्वजनिक भएको छ । नवराज बस्नेतको स्वरमा रहेको गीत आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक गरिएको थियो । प्रेम भाव झल्किने गीतमा चलचित्रको मुख्य कलाकार कुशल थापा र सन्ध्या केसी फिचरिङ छन् ।
नेपाली कथानक चलचित्र ‘अमेरिकन बोईज’ को निर्माण घोषणा गरिएको छ । आइतबार काठमाडौमा आयोजना गरिएको एक कार्यक्रमबिच चलचित्रको निर्माण घोषणा गरिएको हो ।
कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र मेलाको ट्रेलर सार्वजनिक भएको छ । मित्रताको साथै प्रेम झल्किने ट्रेलर कमेडी तरिकाले बनाइएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, आमेश भण्डारी र अशिष्मा नकर्मी फिचरिङ छन् ।
शुक्रवार सम्पन्न भएको ईनास अवार्डमा चलचित्र 'जात्रा' बाट अभिनेता बिपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् । राष्ट्रिय सभा गृहमा आयोजना भएको अवार्ड कार्यक्रममा उत्कृष्ट निर्देशकको अवार्ड 'वीर विक्रम'बाट मिलन चाम्सले उठाए ।
शुक्रवार सार्वजनिक भएको चलचित्र रोमियोको ट्रेलरमा लाई दुई दिनमा दुई लाख बढीले हेरेका छन् । नायक हसनराजा खानको निर्माण तथा शीर्ष भूमिका रहेको चलचित्रको ट्रेलर हाल टेड्रिङ नम्बर ३५ मा रहेको छ । शङ्कर कार्की निर्दे्शित चलचित्रको ट्रेलरमा रोमियो अर्थात् हसन, नायिका निशा अधिकारी, नव नाकिया ओसिमा बानु, अभ