नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बेलायती दूतावासले भिसा दिन अस्वीकार गरेको छ । चलचित्र ‘इन्टुमिन्टु लण्डन’को सुटिङको लागी बेलायत पुग्नु साम्राज्ञीको भिसा आवेदन अस्वीकृत भएको हो ।
अभिनेत्री रेखा थापा चढ्ने कार दुर्घटनामा परेको छ । चलचित्र ‘रुद्रप्रिया’को प्रमोसनमा व्यस्त रहेकी थापाको बुधवार एक अन्तवार्ता दिएर फर्किने क्रममा दुर्घटना भएको हो । दिउँसो करिब सवा १२ बजे चावाहिलमा माल बाहक ट्रकले कारलाई धक्का दिएको थिए । ट्रकको ठक्करबाट भने कुनै शारीरिक क्षति नभएको बताइएको छ ।
असोज २७ गते आउँदो शुक्रवार सम्पन्न काठमाडौँमा आयोजना हुन लागेको पाँचौ इनास अवार्डको मनोनयन सार्वजनिक भएको छ । उत्कृष्ट ३ मा पर्ने सफल चलचित्र र चलचित्रकर्मीको मनोनयन सूची सार्वजनिक भएको हो ।
पछिल्लो समय चलचित्र निर्माण तर्फ नायिकाहरु जमात बढ्दो छ । यस बर्षमात्र ऋचा शर्मा, छुल्ठिम गुरुङ, पूजा शर्मा लगायतका नायिकाले निर्माण गरेको चलचित्रहरु प्रदर्शनमा आए । त्यसमध्य केही सफल भएका छन् भने केहीले लगानी उठाउन समेत पाएनन् ।
असोज ११ गते फूलपातीको दिन रिलिज भएको फिल्म ‘छक्का पञ्जा २’ले आफ्नो नाम सुपरहिट क्लबमा दर्ता गराईसकेको छ ।समिक्षमबाट मिश्रित प्रतिक्रिया पाइरहेको फिल्मले केही नयाँ रेकर्ड बनाउँदै करिब १२ करोड माथिको व्यापार गरेको छ । फिल्मको अधिकांश सोहरु अझै हाउसफूल नै छन् । छक्का पञ्जा २ ले पाएको सफलतासँगै फिल्म नि
अभिनेत्री रेखा थापा अभिनित चलचित्र ‘रुद्रप्रिया’ यति बेला प्रदर्शनको तयारीमा रहेको छ । रिलिजको संघारमा आएको चलचित्र कात्र्तिक २ गतेबाट एकसाथ हलमा र डिस होम च्यानल मार्फत टिभीमा रिलिज गर्ने निर्माण पक्षको तयारी रहेको थियो ।
सिनेका क्षेत्रमा अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्कीको जमेको जोडी हो । अबब्ल अभिनयले दर्शकको मन जितेका दुवै चर्चा र विवादमा भने उत्तिकै अगाडी छन्
पछिल्लो समय नेपाली चलचित्रकर्मीहरु चलचित्र प्रचार–प्रसारमा अगाडी छन् । कहिले कहिले कभर गीत प्रतियोगिता, कहिले फिल्मी युनिटको मोफसल यात्रा त कहिले कन्सर्ट गर्ने चलचित्र मेकर र कलाकार पुग्ने गर्दछन् ।
भारतीय मिडिया अनुसार उक्त फिल्मलाई रेवथी एस बर्माले निर्देशन गर्दै छन् । सय करोड बजेटमा बन्न लागेको फिल्मको बारेमा भने अभिनेत्री चोपडाले केही बोलेकी छैनन्
निर्देशक सञ्जयलिला भन्सालीको निर्देशन रहेको प्रतिक्षित चलचित्र ‘पध्मावती’को ट्रेलर सार्वजनिक भएको छ । कुनै संवाद बिनानै तयार पारिएको ३ मिनेट लामो ट्रेलरमा राजा–रानी बिचको प्रेम, द्धन्द, क्रोधलाई प्रस्तुत गरिएको छ।